• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अहमदिया संघ नेपालको तेस्रो जलशाको तयारी पुरा

अहमदिया संघ नेपालको तेस्रो जलशाको तयारी पुरा

वीरगञ्ज, १२ चैत्र । अहमदिया संघ नेपालले आफनो तेस्रो बार्षिक जलशाको सम्पुर्ण तयारी भएको बताएको छ ।
होटल सम्झनामा मधेसी पत्रकार समाज पर्साको संयोजनमा भएको पत्रकार सम्मेलनमा अहमदिया संघ नेपालका आर्थिक बिभाग प्रमुख मिर अब्दुल हफिजले बिश्वको २०६ वटा देशमा यस जमातले धार्मिक एवं समाजिक क्रियाकलाप गर्दै आएको जानकारी दिए । नेपालमा संघले २०५१ सालबाट कार्य गर्दै आएको बताउदै ‘प्रेम सवैलाई गरौं घृणा कसैलाई नगरौं’ मुल नाराका साथ संघले नेपाललगायत बिश्वभरी बिशुद्ध धार्मिक एवं आध्यत्मिक जमातको काम गर्दै आएको बताए ।
पत्रकार सम्मेलनमा संघका सर्कल ईन्चार्ज मो. हासीम, वीरगञ्ज मेशनेरी ईन्चार्ज मोइन अहम्द, अन्नासारुल्लाह नेपालका अध्यक्ष पिर महम्द लगायतको उपस्थिति रहेको थियो ।
पर्साको प्रसौनी भाठा स्थित मसरुर पब्लिक स्कुलको प्राङ्गणमा संघको तेस्रो एक दिवसिय जलसा हुने र हाल संघको नेपालका पर्सा, बारा चितवन,सिरहा,सप्तरी,सुनसरी,मोरङ्ग,झापा,तनहुँ,गोरखा,काठमाडौं, भक्तपुर, ललितपुरमा शाखा बिस्तार गरी कार्य गर्दै आएको सर्कल ईन्चार्ज महम्द हासिमले बताए । प्रसौनीमा हुने जलसामा संघका प्रमुख अगुवाहरु जल्लालुदिन साहेव, सोयब अहम्द, ईस्माईल ताहिर, कमरुल होदा, मो. ईस्माईल लगायतकाले शुभकामना संदेश दिने कार्यक्रम रहेको र भारत, नेपाल, पाकिस्तान, बङ्गलादेशलगायतको ठाउँहरुबाट सहभागिता रहने आयोजक समितिले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।