• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

मैथिली साहित्य परिषद्द्वारा राजविराजमा होरी मिलन समारोह

मैथिली साहित्य परिषद्द्वारा राजविराजमा होरी मिलन समारोह

लोक गायनको संरक्षण गर्न खरसाल होरी युवा समूहलाई नाल

राजविराज, ९ चैत्र । मैथिली साहित्य परिषद् राजविराजद्वारा मङ्गलवार होरी मिलन समारोहको आयोजना गरियो ।
राजविराज स्थित गजेन्द्र चौकमा आयोजित समारोहमा खैरसाल होरी युवा समूहद्वारा होरी, जोगिरा, बिरहालगायतका पारम्परिक गीतहरु प्रस्तुत गरिएको छ । सामुदायिक रेडियो छिन्नमस्ता एफएमको सह–आयोजनामा आयोजित कार्यक्रममा होरी युवा समूहका युवाहरुको गायन हेर्न सर्वसाधारणको घुइँचो लागेको थियो ।
सिएफएम, दास साउण्ड सर्भिस एवम् स्पेस टाईम नेटवर्क, गौरव डेकोरेसन, दर्पण क्रियेशन समेतको सहयोगमा कार्यक्रम आयोजना गरिएको मैथिली साहित्य परिषद् राजविराजका सचिव श्यामसुन्दर यादवले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण मैथिली भाषा, साहित्य, कला, संस्कृतिप्रति समर्पित सामुदायिक रेडियो छिन्नमस्ता एफएमबाट गरिएको थियो ।6
होरी मिलन समारोहमा बोल्दै मैथिली साहित्य परिषदका अध्यक्ष शुभचन्द्र झाले मिथिला संस्कृतिको विश्वमै विशेष गरिमा रहेको भन्दै यसको संरक्षण मात्र गरिए मिथिलाको पहिचान युगौंयुगसम्म कायम रहने बताए । बढ्दो आधुनिकताका कारण युवा जमातले होरी गायन परम्परालाई विर्सिदै गएको अवस्थामा खैरसालका युवाहरुले गरेको प्रयास उदाहरणीय रहेको उनले बताए ।
कुनै पनि समुदायको संस्कृतिले पहिचान दिने गरेको भन्दै संस्कृति हराए त्यो समुदायको पहिचान नै हराउने भएकोले मिथिला संस्कृतिलाई जिवन्त राख्न युवाहरुको भूमिका अपरिहार्य रहेको अध्यक्ष झाले बताए । खरसालका युवाहरु जस्तै मधेशका अन्य गाउँका युवाहरुले भाषिक एवम् सांस्कृतिक संरक्षण अभियानमा जुट्नुपर्नेमा उनले जोड दिए ।DSC09728
कार्यक्रममा युवा समूहको तर्फबाट बोल्दै धीरेन्द्र यादवले आफूहरुले संस्कृतिलाई पुर्खाको नासोको रुपमा लिँदै परम्परागत गीतहरुको संरक्षण गर्ने उद्देश्यले नै निस्वार्थ भावले लागको बताए । लोक गायन परम्परालाई जिवन्त राख्नकालागि खरसालका युवाहरु लागि रहने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।
सोही कार्यक्रममा युवाहरुको प्रयास सराहनीय रहेको भन्दै मैथिली साहित्य परिषद्को तर्फबाट युवाहरुलाई प्रोत्साहन स्वरुप वाद्यवादन नाल प्रदान गरिएको छ । लोप हुन लागेको पारम्परिक सांस्कृतिक गीतहरुलाई संरक्षण सम्वद्र्धनमा विशेष योगदान पुर्याउने अपेक्षा नाल प्रदान गरिएको संस्थाका सचिव यादवले बताए । मैथिली साहित्य परिषदका अध्यक्ष झा, परिषदका पूर्व अध्यक्ष देवेन्द्र मिश्र, छिन्नमस्ता एफएमका स्टेशन म्यानेजर शिवप्रताप साहले युवा समूहका नेमनारायण यादव ‘निर्मल’लाई वाद्यवादन प्रदान गरियो ।DSC09728
फोटो क्याप्सनः