• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

चोरी भएको १८ घण्टाभित्रै मोटरसाइकलसहित चोर पक्राउ

चोरी भएको १८ घण्टाभित्रै मोटरसाइकलसहित चोर पक्राउ

राजविराज, ९ चैत । राजविराज– ५ बाट सोमवार राति चोरी भएको एक पत्रकारको मोटरसाईकल १८ घण्टा नवित्दै चोर सहित पक्राउ गर्न सफल भएको छ ।

सोमवार राति रेडियो नेपालका सप्तरी प्रतिनिधी संजिव विक्रम साहले प्रयोग गर्दै गरेको स ४ प ७५२२ नम्वरको अपाचे मोटरसाईकल चोरी भएको थियो । राति करिव साढे ८ वजे राजविराज ५ स्थित कार्यस्थल नजिकै राखिएको साहको मोटरसाईकल १८ घण्टा नवित्दै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी भिमप्रसाद ढकालले बताए ।
प्रहरीले मोटरसाईकलसहित चोरीमा संलग्न सारस्वर–५ निवासी महेन्द्र यादवका छोरा १७ वर्षिय दिपक कुमार यादवलाई पनि नियन्त्रणमा लिएको छ । यादवले मोटरसाईकलका केही सामानहरु परिवर्तन गरी आफै प्रयोग गरिरहेको अवस्थामा डेरा नजिकैवाट नियन्त्रणमा लिईएको उनले बताए ।
प्रहरीले यादवलाई नियन्त्रणमा लिएलगत्तै करिव १ महिना अघि राजविराज स्थित खरसाल टोलवाट चोरी भएको स ३ प २१४७ नम्वरको डिस्कभर मोटरसाईकल समेत फेला पारेको छ । यादवकै सूचनाका आधारमा खोजतास गर्दै जाँदा लालापट्टि गाविस स्थित एक घरमा लुकाई राखेको अवस्थामा मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरी नियन्त्रणमा रहेका यादव मोटरसाइकल चोरी गर्ने गिरोहका सदस्य रहेको प्रारम्भिक अनुसन्धानवाट खुलेकोले थप अनुसन्धानपछि अन्य चोरीका घटनाको पनि वास्तविक्ता खुल्दै जाने एसपी ढकालले वताए ।
उनका अनुसार हाल जिल्ला प्रहरी कार्यालयमा ३ वटा मोटरसाईकल चोरी र एउटा पत्रिकाको कार्यालयमा भएको चोरीको निवेदन दर्ता छ । समय र परिस्थितिका कारण प्रहरीले त्यस्ता घटनामा पर्याप्त ध्यान दिन नसकेको स्विकार्दे एसपी ढकालले क्रमिक रुपमा ती घटनाको अनुसन्धान र दोषीलाई नियन्त्रणमा लिदै जाने प्रतिवद्धता व्यक्त गरे ।b