• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
गाविस सचिव यादव अख्तियारमा

राजविराज, ८ चैत्र । सप्तरीको बनैनियाँ गा.वि.स.का सचिव भई हाल औरही र झुटकीका सचिव देव नारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुर्वाञ्चल क्षेत्रीय सम्पर्क कार्यालय ईटहरी सुनसरीले गरेको पत्र अनुसार प्रहरी चौकी झुटकीले अनुसन्धानका लागि पक्राउ गरेको हो । पक्राउ गरिएका सचिव यादवलाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुर्वाअंचल क्षेत्रिय सम्पर्क कार्यालय इटहरी सुनसरी पठाइएको जिल्ला प्रहरी सप्तरीका प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।