राजविराज, ३ चैत्र ।सप्तरीको हनुमानगर योगिनीमाई नगरपालिका–३ मा बुधवार दिउँसो आगलागी हुँदा तीन ओटा घर जलेर नष्ट भएको छ ।
आगलागीमा परी श्यामसुन्दर खङ्गको ३ ओटा फुसको घर जलेर नष्ट भएको हो । विदेशबाट पठाईएको नगद २ लाख, चाँदी ४० भरी, टेलिभिजन, मोबाइल, फर्निचर, खाद्यान्नसमेतका समानहरु जलेर खरानी भएको पीडित खङ्गले जानकारी दिए । स्थानीयवासिन्दा, ईलाका प्रहरी कार्यालय हनुमाननगर र राजविराजबाट वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिईएको छ । उक्त आगलागीमा करिब १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।