वीरगञ्ज, २ चैत्र । जारी मधेस आन्दोलनका गम्भिर घाइते मुन्सी पटेललाई थप उपचारका लागि दिल्ली सोमवार लगिएको छ ।
इण्डियन स्पाइनल ईन्जुरियस सेन्टर बसन्तकुन्ज अस्पतालमा पटेललाई उपचार गराउन लागिएको पटेलको बुवा रामचन्द्र राउत कुर्मीले जनाएका छन् । पटेलसँगै उनकी पत्नी शान्ति देवी र स्थानिय भाग्यनारायण साह रहेका छन् ।
बिहान ९ बजे सत्याग्रह ट्रेनबाट दिल्ली गएका वगहीका स्थानिय समाजसेवी गेनालाल पटेलले जानकारी दिए । पर्सा जिल्ला बगही निवासी मुन्सीलाई नेपालको संबिधान २०७२ घोषणा गरेको दिन अर्थात असोज ३ गते प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा वीरगञ्ज गीता मन्दिर रोडमा गोली लागेको थियो । सोही दिनदेखि गम्भिर घाईते भएका पटेलको काठमाडौंमा उपचार गराई हाल वीरगञ्जको नारायणीमा उपचार गराइरहेका छन् । मुन्सी अरुको जग्गामा सुकुम्बासी जिवन बिताउदै आएका छन् ।
यसैबिच पटेलको स्वास्थ उपचारकालागि बिभिन्न संघसंस्थाहरुले नगद ३५ हजार सहयोग गरेका छन् । नारायणी उपक्षेत्रिय अस्पताल परिसरमै पुगेर सनराईज कन्टेनर प्रा.लि.,परवानीपुरका कर्मचारी एवं मजदुरहरुले नगद ३० हजार, रानीघाट निवासी गोबिन्द प्रसाद साह ३ हजार र बब्लु राईस मिल्सले २ हजार सहयोग गरेका छन् ।