राजबिराज २१ फागुन । वैदेशिक रोजगारको लहरमा देखेका समस्यावाट जोगाउनकालागि सडक नाटकको माध्यमबाट गाउँ र समाजमा रहेका सम्भावित आप्रवासी कामदारहरुलाई सचेत तथा सन्देश दिने उदेश्यले ३ दिने सडक नाटकको अभ्यास तालिम सम्पन्न भएको छ ।
सुरक्षित आप्रवासन परियोजना सामी÷हेल्भेटास स्वीस ईन्टरकोपरेशन नेपालको सहयोगमा सवल नेपालद्वारा सञ्चालित बिद्यालय तथा आमसञ्चार कार्यक्रम अन्तर्गत उक्त नाटकका लागि रिहलर्सल सम्पन्न भएको हो । तालिममा सप्तरीका स्थानिय १२ जना नाटककर्मीहरुको सहभागीहरुलाई सामी÷हेल्भेटास स्वीस ईन्टरकोपरेशन नेपालका कार्यक्रम अधिकृत बिजय ठाकुर तथा सवल नेपालका कार्यक्रम संयोजक अशोक कुमार साहले बैदेशिक रोजगारका वारेमा जनचेतनामुलक नाटकको अभ्यासका लागी सहजीकरण गरेका थिए ।
बैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन बैदेशिक रोजगारीमा जाने आप्रवासी कामदारको सुचनामा पहुँच तथा सिपमुलक तालिममा सहभागिता गराउने लक्ष्यका साथ परियोजना संचालनमा ल्याईएको सवल नेपालका कार्यक्रम संयोजक अशोक कुमार साहले बताए । वैदेशिक रोजगारीमा जाने आप्रवासी कामदारले प्रकृया सम्बन्धी सही तथा आवश्यक सुचना प्राप्त गरेपछि एकातर्फ ठगी, शोसन तथा बेचबिखनवाट आफुलाई जोगाउन क्षमताहरुको बिकासमा सहयोग पुग्ने उद्देश्यले सो नाटक अभ्यासपछि समुदायमा जनचेतनामुलक नाटकबाट सु–सूचितसहित सुरक्षित हुने परियोजनाका संयोजक साहले बताए ।