• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मधेशी मोर्चाको सप्तरी संयोजकमा गजेन्द्र

राजविराज, २१, फागुन । नेतृत्व परिवर्तनको प्रक्रियालाई आत्मसात गर्दै मधेशी मोर्चा सप्तरीको संयोजकमा राष्ट्रिय मधेश समाजवादी पार्टी सप्तरीका अध्यक्ष गजेन्द्र कुमार मण्डललाई चयन गरिएको छ ।
संघीय समाजवादी फोरम नेपालको राजविराज स्थित जिल्ला पार्टी कार्यालयमा शुक्रवार सम्पन्न बैठकले मोर्चाको संयोजकमा मण्डललाई चयन गरेको हो । मोर्चाको मातहतका सम्पूर्ण समिति तथा उप–समितिहरुलाई समेत विघटन गरिएको मोर्चाका निवर्तमान संयोजक कपिलदेव यादवले जानकारी दिएका छन् ।