• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नटखट दैनिकका प्रकाशक यादवमाथि भएको दुव्र्यवहारको भत्र्सना

नटखट दैनिकका प्रकाशक यादवमाथि भएको दुव्र्यवहारको भत्र्सना

राजविराज, २० फागुन । नटखट दैनिकका प्रकाशक एवम् पत्रकार महासंघका केन्द्रीय पार्षद् सुखराम यादवमाथि विहीबार दुव्र्यवहार भएको छ ।
समाचारको विषयलाई लिएर राजविराज नगरपालिकाका प्रमुख एवम् कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गले दुव्र्यवहार गरेका हुन् । नगरपालिकाको विषयमा नखखट दैनिकमा प्रकाशित समाचारको विषयलाई लिएर आक्रोशित गुरुङ्गले विहीवार विहान ८ः३० बजेतिर राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङले सार्वजनिक स्थलमा दुव्र्यवहार गरेको नटखट दैनिकका प्रकाशक यादवले बताएका छन् ।
यसै बीच नटखट दैनिकका सम्पादक देवराम यादवले विहीवारै एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यकारी अधिकृत गुरुङ्गले गरेको व्यवहारप्रति कडा शब्दमा भत्र्सना गरेका छन् । कुनै पनि समाचारमा चित्त नबुझे खण्डन वा कानूनी उपचारको बाटो हुँदा हुँदै एक जिम्मेवार ब्यक्तिद्वारा यसरी गरिएको अशोभनिय भएको भन्दै उक्त कार्यको सम्पादक यादवले घोर निन्दा एवम् भत्र्सना गरेका छन् । सञ्चारकर्मीमाथि दुव्र्यवहार गर्ने गुरुङ्गमाथि कार्वाहीको उनले सम्वद्ध पक्षसँग आग्रह गरेका छन् ।
यसैगरी मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्यामसुन्दर यादवले नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद सुखराम यादवमाथि भएको दुव्र्यवहारको भत्र्सना गरेका छन् । उक्त घटनाको विषयमा सत्यतथ्य बुझेर दोषीलाई कार्वाही गर्न उनले सम्वद्ध पक्षसँग आग्रह गरेका छन् । समाचारमा चित्त नबुझेर खण्डन वा कानूनी बाटो अवलम्वन गर्ने प्रावधान खुल्ला रहेको अवस्थामा सार्वजनिक स्थलमा गरिएको दुव्र्यवहार निन्दनीय भएको अध्यक्ष यादवले बताएका छन् ।