राजबिराज, १० फागुन । बैदेशिक रोजगारीलाई सुरक्षित तथा उपलब्धि बनाउनकालागि गा.बि.स. सचिवहरुलाई १ दिने वैदेशिक रोजगार सम्बन्धि पूर्नताजगी तालिम सम्पन्न गरेको हो । सामी÷हेल्भेटास स्विसइन्टर कोअपरेशन नेपालको सहयोगमा सबल नेपालद्धारा सञ्चालित बिद्यालय तथा आमसञ्चार कार्यक्रम अन्तर्गत उक्त तालिम सोमवार राजविराजमा सम्पन्न गरेको हो ।
कार्यक्रममा गा.वि.स. सचिवहरुले बैदेशिक रोजगारमा जाने युवा–युवतिहरुलाई सुरक्षित तथा लाभदायी बनाउन गा.बि.स. स्तरमा सचेतनामूलक कार्यक्रम गर्ने सामुहिक प्रतिबद्धता ब्यक्त गरेको गा.वि.स. सचिव हक हित संरक्षण केन्द्रका केन्द्रीय सल्लाहकार तथा सचिब राम कुमार यादवले बताए । बैदेशिक रोजगारको सिल सिलामा कम उमेर भएका युवा युवतिहरुले बढी उमेर बढाएर नागरिकता बनाउन आउनेहरुलाई सिफारिस नगर्ने र उनीहरुलाई वैदेशिक रोजगार सम्बन्धि आबश्यक सुचना दिने गा.बि.स. सचिब हकहित संरक्षण केन्द्रका अध्यक्ष भागवत यादवले बताए ।
दिन–प्रतिदिन युवा युवतीहरु बिदेशिने क्रम बढ्दै गएको छ । सकेसम्म स्वदेशमै रोजगारी गरौं, विदेश जाने नै भए सिप सिकेर सुचना लिएर मात्र जाऔ भन्ने मुल नाराका साथ सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारमा जाने युवा तथा युवतीले सबै कुरा बुझेर मात्र वैदेशिक रोजगारमा जानुपर्नेमा जिल्ला परियोजना संयोजक देब नारायण चौधरी बताएका छन ।
राजविराजमा सोमबार आयोजित कार्यक्रममा गा.बि.स. सचिवहरुलाई बिद्यालय तथा रेडियो कार्यक्रम देश–प्रदेश, रेडियो स्रोता क्लबको परिचालन, विद्यार्थी अभिमुखिकरण कार्यक्रम, तथा फ्रि–भिसा फ्रि टिकटलगायत बिभिन्न गतिविधि बारे छलफल गरिएको सबल नेपालका परियोजना संयोजक अशोक कुमार साहले जानकारी गराएका छन् । कार्यक्रममा जिल्ला विकास समिति सप्तरीका कार्यक्रम अधिकृत नबराज खड्काले वैदेशिक रोजगारमा जाने ब्यक्तिहरुलाई गाउ‘मा सूचनामा पहु‘च ल्याउन गाबिसबाट केही बजेट छुट्याउनकोलागि गा.बि.स. सचिवहरुलाई आग्रह गरेका थिए ।
फ्रि भिसा फ्रि टिकटलाई अझा प्रभावकारी बनाउन प्रचार–प्रसारमा जोड दिनु पर्नेमा खडकाले बताए । जिल्ला बिकास समिति सप्तरीका कार्यक्रम अधिकृत नबराज खडकाको अध्यक्षतामा आयोजित पुर्नताजगी तालिमको सामी÷हेल्भेटास नेपालका जिल्ला परियोजना संयोजक देबनारायण चौधरी, सवल नेपालका परियोजना संयोजक अशोक कुमार साह, सबल नेपालका कार्यक्रम अधिकृत चन्दन कुमार यादवले सहजिकरण गरेका छन् । तालिममा जिल्लाका २५ जना गाविसका सचिवहरुको सहभागिता रहेको थियो ।