• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

चौतारीको छैठौं जिल्ला अधिवेशन फागुन २१ गते

राजविराज, १० फागुन । प्रेस चौतारी नेपाल सप्तरीको छैठौं जिल्ला अधिवेशन आगामी फागुन २१ गते जिल्लाको सप्तकोशी नगरपालिका–१ स्थित फत्तेपुरमा हुने भएको छ ।
शाखाका कार्यवाहक अध्यक्ष नर्मदेव यादवको अध्यक्षतामा सोमवार महुलीमा सम्पन्न वैठकले अधिवेशनको मिति निर्धारण गरेको हो । वैठकले कार्यवाहक अध्यक्ष यादवको संयोजकत्वमा १५ सदस्सिय अधिवेशन आयोजक तयारी समितिको समेत गठन गरेको छ ।
यसैगरी कावा अध्यक्ष यादवकै संयोजकत्वमा आर्थिक समिति र खगेन्द्र कार्कीको संयोजकत्वमा ब्यवस्थापन समितिको समेत गठन गरेको जनाईएको छ ।
वैठकपछि अधिवेशन तयारी समितिका संयोजक यादवद्वारा जारी विज्ञप्तिमा फागुन १५ गतेभित्र सदस्यता नविकरण गरिसक्न समेत प्रेस चौतारी नेपाल सप्तरी शाखा अन्तर्गतका सदस्यहरुलाई आग्रह गरिएको छ ।