• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

क्रान्तिकारी पत्रकारको भेलाले २ नम्वर प्रादेशिक समिति गठन

वीरगञ्ज, १ फागुन । क्रान्तिकारी पत्रकार संघको बर्दीबासमा सम्पन्न दुई दिने भेलाले प्रदेश नम्वर २ को प्रादेशिक समिति चयन गरेको छ ।
प्रदेशको संयोजकमा सिरहाका पत्रकार हिरालाल चौधरीलाई चयन गरेको छ । सह–संयोजकमा वीरगञ्जमा पत्रकार कृष्णउदास खनाललाई चयन गरिएको छ । महोत्तरीको बर्दीबासमा  सम्पन्न प्रदेशको भेलाले खनाललाई सह–संयोजकमा चयन गरेको हो । खनाललाई पर्सा,बारा र रौतहट जिल्ला हेर्ने गरी सह–संयोजको जिम्मेवारी दिइएको प्रदेशका संयोजक हीरालाल चौधरीले बताए ।
उक्त भेलालले अन्य दुई जना दनाद्र्धन पोखरेल र शैलेन्द्र महतोलाई समेत सह–संयोजकमा चयन गरेको छ भने क्रान्तिकारी पत्रकार संघ पर्साका अध्यक्ष निरज पिठाकाटे र बाराका अध्यक्ष महेश्वर अधिकारीसहित आठै जिल्लाका अध्यक्षहरुर्लाइ सदस्यमा चयन गरेको सह–संयोजक खनालले जानकारी दिए । कार्यक्रममा एकिकृत नेकपा माओवादीका केन्द्रीय सचिव एवं शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले उद्घाटन गरेका थिए भने  सिंचाईमन्त्री उमेशकुमार यादवले समापन गरे । सोही अवसरमा  नेपाल पत्रकार महासंघका पूर्व महासचिव ओम शर्मा, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष एन.के.दाहाल लगायतले मन्तव्य व्यक्त गरे ।