• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मधेशको एजेण्डामा गोइत र राउतसँग पनि सहकार्य हुनसक्छः मातृका

मधेशको एजेण्डामा गोइत र राउतसँग पनि सहकार्य हुनसक्छः मातृका

राजविराज, २७ माघ । संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिका संयोजक मातृका प्रसाद यादवले पहाडिया र बाहरियाहरुका कारण मधेशको अस्तित्व खतरामा परेको बताएका छन् ।
मधेशी पत्रकार संघ सप्तरीद्वारा बुधवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । मधेशमा मधेशीलाई अल्पसंख्यक बनाउने खेल भईरहेको भन्दै बाहिरबाट आएर मधेशमा बसोबास गर्ने क्रमलाई रोक्नुपर्नेमा जोड दिँदै उनले भने ‘मधेशमा पहाडिया र बाहरिया दुवै आप्रवासन घातक छ, यसलाई अविलम्ब रोक्नुपर्दछ’ उनले भने ‘कुल १७ प्रतिशत भू–भागमा ५१ प्रतिशतको बसोबास रहेको छ, मधेशको अस्तित्व जोगाउन थप बसोबास अब रोक्नु जरुरी छ ।’
नेकपा माओवादीका केन्द्रीय संयोजक समेत रहेका उनले मधेशी मोर्चाका केही नेताहरुमा व्याप्त सामन्ती सोच, शासकीय प्रवृती, व्यक्तिवादी अहंकार र भ्रष्ट चरित्रले गर्दा बिना आन्दोलन फिर्ता लिएर शहीदहरुको रगतलाई अवमूल्यन गर्दै जनतालाई धोका दिएको टिप्पणी गरे । आन्दोलनलाई सशक्त बनाउन सबै प्रकारका चुनौतीको सामना गर्दै आन्दोलन समितिका सदस्य रामबिवेक यादवसहित सयौं कार्यकर्ताहरु घाइते भएको प्रहरीको यातना र भुठा मुद्दाको सिकार भएको पत्रकार सम्मेलनमा जानकारी दिँदै उनले भने ‘शहीद परिवारहरुलाई राहत, घाइतेहरुको समुचित उपचार तथा जिविकोपार्जनको व्यवस्था र आन्दोलनका क्रममा लगाईएका मुद्दाहरुको खारेजी तथा बन्दीहरुको रिहाईको माग गर्दछु ।’

‘यो आन्दोलन व्यक्ति वा दल विशेषले गरेर हुँदैन, सम्पूर्ण मधेशवादी शक्तिहरु बीच एजेण्डामा सहकार्य हुनुपर्छ, सशस्त्र राजा फाल्न ७ दल र तत्कालीन माओवादी बीच एकता हुनसक्छ भने जयकृष्ण गोइत र सिके राउत बीच सहकार्य किन हुन सक्दैन ?’

आन्दोलनलाई सशक्त वनाउन वृहत मोर्चा निर्माणका लागि मधेशका सवै आन्दोलनकारी पक्षसँग वार्ता र सम्वादको पहलका लागि समितिका सहसंयोजक गोपाल ठाकुरको संयोजकत्वमा बलराम यादव, श्रवण वरवरिया, जगत यादव, राजनारायण चौधरी, विन्देश्वर यादव र महेश यादव सदस्य रहने गरी एउटा वार्ता–सम्वाद समिति समेत गठन गरिएको संयोजक यादवले पत्रकार सम्मेलनमा बताए । उनले समितिको अवधारणा पत्र तथा अपिल केहि दिनभित्रै प्रकाशित गरी वितरण गर्नुका साथै मधेश आन्दोलन वारे गिती एल्बम निर्माण गरिने जानकारी दिए । 4
निकट भविष्यमै महागठवन्धन मोर्चा वनाउने तयारी भईरहेको जानकारी दिएका उनले समितिको एजेण्डामा सहमत हुने सवै दल, संघ, संगठन र समुहलाई खुलेर इमान्दारीताका साथ सहयोग गर्न पत्रकार सम्मेलन मार्फत आग्रह पनि गरे । मधेश आन्दोलनलाई निर्णायक बनाउनकालागि सशस्त्र वा निःशस्त्र दुवै शक्तिसँग सहकार्य गर्न सकिने तथा यसका लागि प्रक्रिया अगाडि बढिसकेको नेता यादवले बताए । उनले भने ‘यो आन्दोलन व्यक्ति वा दल विशेषले गरेर हुँदैन, सम्पूर्ण मधेशवादी शक्तिहरु बीच एजेण्डामा सहकार्य हुनुपर्छ, सशस्त्र राजा फाल्न ७ दल र तत्कालीन माओवादी बीच एकता हुनसक्छ भने जयकृष्ण गोइत र सिके राउत बीच सहकार्य किन हुन सक्दैन ?

 मधेशमा मधेशीलाई अल्पसंख्यक बनाउने खेल भईरहेको भन्दै बाहिरबाट आएर मधेशमा बसोबास गर्ने क्रमलाई रोक्नुपर्नेमा जोड दिँदै उनले भने ‘मधेशमा पहाडिया र बाहरिया दुवै आप्रवासन घातक छ, यसलाई अविलम्ब रोक्नुपर्दछ’ उनले भने ‘कुल १७ प्रतिशत भू–भागमा ५१ प्रतिशतको बसोबास रहेको छ, मधेशको अस्तित्व जोगाउन थप बसोबास अब रोक्नु जरुरी छ ।’

2आन्दोलन अवधिभर जनताले वुझाउनुपर्ने कर, महसुल, ब्याज र हर्जाना सवै राज्यले मिनाहा गर्नुपर्ने संयोजक यादवले माग गरे । पत्रकार सम्मेलनमा सरकार र संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका अगुवा प्रति निकै आक्रमक देखिएका संयोजक यादवले भने–‘कथित राष्ट्रियता जोगाउने र संविधान संशोधनका नाममा शाषक वर्गले फ्याँकेको जालमा मोर्चाका केही लोभी–पापी नेता फँस्न पुगे ।’
मधेशी मोर्चाका केहि नेतामा ब्याप्त सामन्ती सोच, शासकिय प्रवृत्ति, ब्यक्तिवादी अहंकार र भ्रष्ट चरित्रले गर्दा नै आन्दोलनकले लक्ष्य प्राप्त गर्न नसकेको जिकिर गर्दे उनले आफुहरु सवै प्रकारको चुनौतीको सामना गर्दै आन्दोलनवाट अधिकार प्राप्त गरी देखाई दिने ठोकुवा पनि गरे । उनले आन्दोलन विक्रि गर्ने मोर्चाका केहि नेताको भण्डाफोर गर्दै भावी आन्दोलनलाई सशक्त प्रभावकारी वनाउन मुलुक भित्र मात्र नभई अन्तराष्ट्रिय स्तरमा समेत छलफल, सभा र गोष्ठि लगायतका कार्यक्रमहरु गर्ने योजना वनेको जानकारी पनि दिए ।3
सोही कार्यक्रममा संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिको सिरहाको गोलबजारमा सम्पन्न बृहत बैठकले गरेको निर्णय समेत सार्वजनिक गरिएको छ । समितिका सह–संयोजक गोपाल ठाकुरले पत्रकार सम्मेलनमा संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् । उनका अनुसार फागुन १ गतेसम्म सम्पूर्ण जिल्लाहरुमा जिल्ला समितिहरु गठन–पुनर्गठन गर्ने, फागुन ३ गते मधेशका सम्पूर्ण जिल्लाहरुमा विरोध प्रदर्शन, फागुन ५ गते सबै जिल्लाहरुमा सर्वपक्षीय अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी फागुन ८ गते मधेशका सवै निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन, फागुन ९ गते राजविराज, जनकपुर र विरगञ्जमा मातृभाषा दिवस सम्वन्धि कार्यक्रम गर्ने, फागुन ११ गते काठमाण्डौंमा अन्तरकृया र फागुन १३ गते मोरङ्गको रङ्गेलीमा आमसभा गर्ने समितिले निर्णय गरेको छ । फागुन २२ मा पुर्वपश्चिम राजमार्गमा प्रदर्शन, फागुन २६ मा समितिको वृहत समिक्षा बैठक तथा चैत्र १९, २० र २१ गते सप्तरीमा राजनितिक सम्मेलन गर्ने समितिले निर्णय गरेको छ ।