• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

भारतीय विदेशमन्त्री स्वराजसहितको टोली काठमाण्डौमा

भारतीय विदेशमन्त्री स्वराजसहितको टोली काठमाण्डौमा

राजविराज, २६ माघ । नेपालका पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोईरालाको अन्तिम श्रद्धाञ्जली दिन भारतीय विदेशमन्त्री सुषमा स्वराजसहितको टोली काठमाण्डौ आईपुगेका छन् ।
विदेशमन्त्री सहितको टोली मङ्गलवार बेलुकी काठमाण्डौ आइपुगेका हुन् । उच्चस्तरीय टोलीमा भारतको सरकारको तर्फबाट विदेशमन्त्री स्वराज, प्रधानमंत्री नरेन्द्र मोदीको तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल, कांग्रेसको तर्फबाट पूर्व मन्त्री आनन्द शर्मा, जनता दल युनाइटेडका अध्यक्ष शरद यादव र माक्र्सवादी कम्युनिष्ट पार्टीका महासचिव सीताराम येचुरी रहनु भएको छ ।
टोलीले पूर्वप्रधानमन्त्री कोइरालालाई श्रद्धाञ्जली दिनुका साथै परिवारजनप्रति समवेदना प्रकट गर्ने कार्यक्रम रहेको छ । तत्पश्चात नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेंटघाट गरेर मङ्गलवारै भारत फर्किने कार्यक्रम रहेको जनाईएको छ ।