• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन

पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन

राजविराज, २६ माघ । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको सोमवार मध्यराती ७४ वर्षको उमेरमा निधन भएको छ ।
राति १२ बजेर ५० मिनेटमा उनको निधन भएको हो । इमान्दारितालाई राजनीतिकर्मीको सबैभन्दा ठूलो शक्ति ठान्ने कोइराला समकालीन नेताहरुमा सबैभन्दा सादा जीवन व्यतित गर्ने मध्येमा एक थिए । प्रधानमन्त्री छँदा उनको सम्पत्ति मात्र तीन वटा मोबाइल रहेको खबरले चर्चा समेत पायो र विदेशी सञ्चार माध्यमहरुले उनलाई विश्वकै गरिव प्रधानमन्त्रीको रुपमा परिभाषित गरे ।
बुबा बोधप्रसाद कोइराला र आमा कुमुदिनी कोइरालाको कोखबाट १९९६ साल साउन २८ गते भारतको बनारसमा जन्मिएका कोइराला वाल्यकालदेखि नै नेपाली राजनीतिमा सक्रिय रहँदै आएका थिए । विसं. २००७ सालमा ११ वर्षको छँदै राजनीतिमा चासो राख्न थालेका कोइराला निरन्तर नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय थिए ।Susil-koirala s
कोइराला विसं.०३४ सालपछि नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य, महामन्त्री र उपसभापित हुँदै ०६६ साल भदौमा भएको १२औं महाधिवेशनबाट पार्टीको सर्वोच्च पदसभापतिमा निवार्चित भएका थिए ।
२०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकार र संसद भङ्ग गरी प्रजातन्त्रमाथि ‘कु’ गरेपछि उनी १६ वर्षसम्म प्रवास भारतमा बसेका थिए । नेपालमा लोकतन्त्र वहालीका लागि कांग्रेसले सञ्चालन गरेको शसस्त्र क्रान्तिमा कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको सहयोगीका रुपमा सुशीलको महत्वपूर्ण भूमिका रहेको थियो । गिरिजाप्रसाद कोइरालाको निधनपछि कोइराला कार्यबाहक हुँदै पार्टी सभापतिको जिम्मेवारी सम्हाल्दैआएका थिए ।Susil-Koirala
वि.सं. ०३० सालमा गिरिजाप्रसाद कोइरालाको योजना अनुरुप तत्कालीन शाही नेपाल वायुसेवा निगमको विमान अपहरण गरी भारत बिहारको फारबिसगञ्जमा उतारियो । त्यही विमान अपरहणबाट प्राप्त गरेको ३० लाख भारतीय रुपैयाँ शसस्त्र क्रान्तिमा उपयोग भएको थियो ।
विमान अपहरणपछि भारतीय प्रहरीलाई छल्न सुशील कोइरालाले मुम्वई, कालिङपोङलगायत भारतका विभिन्न शहरमा भूमिगत जीवन बिताएका थिए । पछि सोही अभियोगमा दिल्लीबाट पक्राउ परेका कोइरालालाई अत्यन्त क्रुर यातनासहित भारतको तिहाड, अररिया, पूर्णिया, भागलपुर आदि ठाउँमा तीन वर्षसम्म राखिएको थियो । राजनीतिक जीवनमा सुशीलले सबै भन्दा कठीन दुःख त्यहीबेला पाएका थिए ।f98644c4f85c08ee63a5a322c4f7535a_L
विसं. ००७ सालपछि नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका सबै आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले ६ वर्ष जेलसमेत गरी १६ वर्ष भारतमा बिताएका छन् । वीपी कोइरालाको निधनपछि जर्मनी अष्ट्रेलिया र वेलायतलगायतका युरोपियन मुलुकमा पार्टीको पक्षमा लविङका लागि गएका कोइराला सोसलिष्ट इन्टरनेशनलका अधिकांश सम्मेलनमा सहभागी भएका छन् ।
विसं. ०४६ सालको जनआन्दोलनपछि ०४८ र ०५६ सालमा बाँके क्षेत्र नं २ बाट सांसदमा विजयी भएका कोइराला सधैं सत्ता र शक्तिभन्दा बाहिर रहँदै आएका थिए । ०४६ सालमा प्रजातन्त्र पुनस्थापना भएपछि गठित पहिलो सरकारमा परराष्ट्रमन्त्री बन्न गरिएको आग्रह अस्वीकार गरेका कोइरालाले उपप्रधानमन्त्री बन्न गरिएको आग्रह पटक(पटक अस्वीकार गर्दै आएका थिए ।1694822324_1392870438
०७० साल मंसिरमा भएको संविधानसभाको निर्वाचनमा बाँके ३ र चितवन ४ वाट निर्वा्चित कोइराला २०७० साल माघ २७ गते प्रधानमन्त्रीमा निवार्चित भएका थिए । कोइरालाकै नेतृत्वमा मुलुकले नयाँ संविधान पायो । असोज ३ गते नयाँ संविधान जारी भएपछि उनले असोज २३ गते राजीनामा दिए । उनी हाल अहिले कोइराला पार्टीको १३ औं महाधिवेशन गराउने तयारीमा जुटेका थिए ।

श्रोतः अनलाइन खबर