• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मधेशवादी शक्तिहरु बीच मोर्चाबन्दी हुनुपर्छः अध्यक्ष तिवारी

मधेशवादी शक्तिहरु बीच मोर्चाबन्दी हुनुपर्छः अध्यक्ष तिवारी

राजविराज, २४ माघ । नेपाल सदभावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास कुमार तिवारीले सम्पूर्ण मधेशवादी शक्तिहरु बीच मोर्चाबन्दी गरेर निर्णायक आन्दोलन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
मधेशी पत्रकार समाजको कार्यालयमा आइतवार पत्रकार सम्मेलनको आयोजना गरी उनले यस्तो कुरा बताएका हुन् । सम्पूर्ण मधेशवादी शक्तिहरु बीच मोर्चाबन्दी गरेर आन्दोलनलाई सशक्त बनाउनुपर्नेमा जोड दिँदै उनले भने ‘करिब ६ महिनासम्म आन्दोलन जारी रहँदा पनि शासकवर्ग गम्भीर बन्न सकेको छैन, त्यसैले गत विगतका कमी कमजोरीहरुबाट पाठ सिक्दै सम्पूर्ण मधेशवादी शक्तिहरु बीच मोर्चाबन्दी हुनु जरुरी छ ।’
आन्दोलनमा शिथिलता आउनुमा संयुक्त लोकतान्त्रिक मधेशी मधेशी मोर्चाका नेताहरु जिम्मेवार रहेको भन्दै मधेश आन्दोलनको मुख्य विषय संविधान संशोधन भएकोले  काँग्रेस, एमाले र माओवादीसँग समदूरी बढाएर जानुपर्ने उनले बताए । भारतको मुज्फ्रपुर र पटनाबाट नेपाल फर्किएलगत्तै मोर्चाका केही नेताहरु सत्तासँग नजिकिएको आरोप लगाउँदै उनले रणनीति तहत आन्दोलनलाई निष्कर्षविहीन बनाएको बताए ।
भारतको मुजफ्फरपुर र पटनामा सम्पन्न कार्यक्रम सम्पन्न कार्यक्रम तथा भारतीय नेताहरुसँगको भेंटघाटमा आफूले समग्र मधेश एक प्रदेशको पक्षमा कुरा राखेको बताए । महागठबन्धनको आवश्कतामाथि जोड दिँदै आफूले सिमामा तस्करी, संविधानमा  रहेको त्रुटीलगायतको विषयमा भारतीय नेताहरुलाई जानकारी गराएको उनले जानकारी दिए । भारतीय नेताहरुले सम्पूर्ण मधेशवादी शक्तिहरुको एउटै मोर्चा बनाएर अगाडि सुझाव दिँदै मधेश आन्दोलनमा सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गरेको सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष तिवारीले बताए ।