• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कम्प्यूटर पसलमा शंकास्पद आगजनी, करिब तीस लाखको क्षति

गोलबजार, १८ माघ । सिरहाको गोलबजार नगरपालिका वडा नम्वर–६ स्थित सुधीर ईन्टरप्राइजेजमा सोमवार बिहान आगलागी हुँदा करिब लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।
गोलबजार नगरपालिका–३ निवासी सुधिर साहको कम्प्युटर पसलमा करिब २.३० बजेको समयमा आगलागी भएको हो । आगलागीबाट ब्राण्डेड कम्प्युटर, ल्यापटप, प्रिन्टर, कम्प्युटर पार्टस लगायतका सामानहरु जलेर नष्ट भएको पसलधनी साहले जानकारी दिए ।
उनका अनुसार गलामा राखिएको नगद ४ लाख १३ हजार समेत जलेर खरानी भएको छ । पसलमा रहेको फर्निचर सामग्रीसहित महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएको उनले न्यूज टुडेलाई बताए । आफू  लहानमा रहेको अवस्थामा भएको आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासिन्दाको सहयोगमा नियन्त्रणमा लिईएको पसलधनी साहले जानकारी दिए ।IMAG1229
एक थान पुरानो कम्प्युटर र मर्मतका लागि राखिएको पुरानो प्रिन्टर मात्र बचेका उनले बताए । पसलमा कसरी आगलागी भएको हो ? उक्त कुरा शंकास्पद रहेको बताउँदै पसलधनी साहले भने ‘रातभरी लाइन पनि थिएन, विद्युत शर्ट भएको भए ईन्भर्टर वा तारहरु जलेको वा पग्लेको हुन्थ्यो तर केही त्यस्तो देखिएको छैन ।’ आगलागीको विषयमा प्रहरीमा समेत निवेदन दिएको जनाईएको छ ।