• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मधेशी मोर्चाद्वारा आन्दोलनका कार्यक्रम घोषणा

मधेशी मोर्चाद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं, ११ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ ।
मोर्चाको सोमबार सम्पन्न आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो । मोर्चाले माघ १३ गते सार्वर्ज्निक स्थानमा मैनवत्ती प्रज्वलन गर्ने, माघ १६ गते क्षेत्रीय स्तरका सभाहरु गर्ने निर्णय गरेको छ । यसैगरी माघ १८ गते अन्तरक्रिया गरेर आन्दोलनको विकासक्रमबारे जानकारी दिने कार्यक्रम निर्धारण गरेको छ ।
हालै प्रमुख तीन दलले गरेको संविधान संशोधन त्रुटीपूर्ण रहेको मोर्चाले ठहर गर्दै मोर्चा मागहरु एकमुष्ठ सम्बोधन नभएसम्म सशक्त आन्दोलन जारी रहने बताएका छन् ।