• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

सप्तरीका उदित नारायणलाई भारत सरकारको ‘पद्मभूषण’ सम्मान

सप्तरीका उदित नारायणलाई भारत सरकारको ‘पद्मभूषण’ सम्मान

राजविराज, ११ माघ ।  सु–प्रसिद्ध पाश्र्व गायक उदित नारायण झालाई भारत सरकारले ‘पद्मभूषण’ सम्मान दिने घोषणा गरेको छ ।
सप्तरी भारदहमा जन्मिनुभएका उदित नारायण नेपाली फिल्म र संङ्गीत हुँदै मुम्बई पुगेर लामो संघर्ष गर्दै गायनमा उत्कृष्टता हासिल गरेका हुन् । मुख्यतया हिन्दी सिनेमा अर्थात बलिउडमा उनी वर्षौदेखि उत्कृष्ट गायकको रुपमा आफ्नो वर्चस्व कायम राख्दैआएका थिए । यस अघि पनि पद्मभूषण’को दावेदारको रुपमा उनको नाम चर्चामा रहँदैआएको थियो । लामो संघर्ष र पर्खाई पश्चात भारत सरकारले उनलाई राष्ट्रिय पुरस्कार पद्मभूषण’ दिने निर्णय गरेको छ ।
उदीतनारायण मैथिली, भोजपुरी, नेपाली, उर्दू, हिन्दी, तमिल, तेलगु, मलयालम, कन्नड, उडिया, आसामी, सिन्धी लगायतका भाषाहरुमा गीत गाएका छन् । सु–प्रसिद्ध पाश्र्व गायक  उदीत नारायणले करीब चार दर्जनभन्दा बढी भाषाहरूमा करिब २० हजार गीत गाएका छन् ।
उनले वर्ष २००१ मा प्रबल गोर्खा दक्षिण बाहु तत्कालिन राजा बीरन्द्रबाट प्राप्त गरेका थिए । वर्ष २००९ मा भारतको उच्च सम्मान पदक ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित भईसकेका छन् । उनले १९८० मा उन्नीस बीस हिन्दी फिल्ममा मो. रफी र उषा मङ्गेशकरसँग ‘मिल गया…’बोलको गीत गाएर बलिउडमा प्रवेश पाएका थिए । जादुमयीका आवाजका कारण तीन पटक नेशनल अवार्ड उनले प्राप्त गरिसकेका छन् । उनलाईं पाँच पटक सर्वश्रेष्ठ पाश्र्व गायक फिल्मफेयर अवार्ड समेत प्रदान गरिएको थियो । 150813130354_udit_narayan_comeback_promotion_624x351_bbc
सोमबार घोषणा गरिएको ‘पद्मभूषण’ सम्मान पाउनेहरुमा चर्चित अभिनेता रजनीकान्त, मिडिया उद्योगी रामोजी राव र अध्यात्मीक गुरु रविशंकरलाई पद्मभूषण’ सम्मान दिइएको छ । उद्योगी धिरुभाई अम्बानीलाई समेत मरणोपरान्त ‘पद्म’विभूषण पाएका छन् ।
‘पद्मभूषण’ पाउनेहरुमा बलिउड अभिनेता अनुपम खेर, खेलाडीहरु सानिया मिर्जा र साइना नेहवाल तथा पूर्वमहालेखा परिक्षक विनोद राय रहेका छन् । यसैगरी बलिउड स्टारहरु अजय देवगन र प्रियंका चोपडाले समेत ‘पद्मभूषण’ सम्मान पाएका छन् ।

pratibha-patil-udit-narayan-jha-2009-4-14-10-21-18

150813133139_udit_narayan_president_kalaam_624x351_uditnarayan