राजविराज, २५ पुस । आइडियल सहकारी संस्था लिमिटेडको १६औं साधारण सभा शनिवार राजविराजमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष गणेशकुमार आशको अध्यक्षतामा सम्पन्न साधारण सभामा आइडियलले अर्थिक वर्ष ०७१÷०७२ मा रु. ४० लाख १६ हजार ९ सय ७३ नाफा कमाएका सार्वजनिक गरेको हो । संस्थाले वर्षभरीमा कुल ४ करोड ७८ लाख ७९ हजार ४ सय २२ रुपैयाँ बराबरको कारोवारसमेत गरेको छ ।
आर्थिक वर्ष २०७१÷०७२ मा शेयर सदस्यता रकम रु. १ करोड ३ लाख ४६ हजार ७ सय ८७ रहेको छ भने असार मसान्तको विवरण अनुसार संस्थाले रु. १७ करोड ८४ लाख १० हजार १ सय २ सेयर सदस्यबाट निक्षेप संकलन गरेको छ । यस्तै १३ करोड ८१ लाख ४५ हजार ६ सय १० रुपैयाँ कर्जा प्रवाह गरेको उक्त संस्थाले जनाएको छ ।
सहकारीले समग्रमा आय तर्फ २ करोड ५९ लाख ४८ हजार १ सय ९८ र व्याय तर्फ २ करोड १९ लाख ३१ हजार २ सय २४ रुपैयाँ ९२ पैसा समेत अध्यक्ष गणेशकुमार आशले बताए । आडियल सहकारी संस्था लि. राजविराजले गत वर्षको निक्षेपमा छियान्नबे प्रतिशतले बढी निक्षेपमा बृद्धि भएको र कर्जा तर्फ सय प्रतिशतले बृद्धि भई कर्जा लगानी गरेको छ ।
चालु आर्थिक वर्ष ०७२÷०७३ मा संस्थाले निक्षेपमा ३० करोड र कर्जा तर्फ २५ करोड पु¥याउने लक्ष्य लिएको संस्थाको अध्यक्ष गणेशकुमार आशले बताए ।
उक्त सम्पन्न सधारण सभाले गणेशकुमार आशकै अध्यक्षता सात सदस्यीय सञ्चालक र विनोद साफीको अध्यक्षता तीन सदस्यीय लेखा समिति चयन गरेको निर्वाचन समितिका संयोजक प्रमेश्वर झाले बताए ।
आश अध्यक्ष रहेको सञ्चालक समितिमा विजयानन्द झा, शैलेशकुमार चौधरी, गोविन्दराम कावरा, सुरज कुमार सिंह, दिनेश साह र सूर्य नारायण साह सदस्य छन् । यस्तै साफी अध्यक्ष रहेको लेखा समितिका सदस्यमा ऋषिकान्त ठाकुर र डम्बर महतो चयन भएको छ ।