• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

वीरगञ्जमा हज्जारौंको सहभागितामा विशाल मशाल जुलुस प्रर्दशन

वीरगञ्जमा हज्जारौंको सहभागितामा विशाल मशाल जुलुस प्रर्दशन

वीरगञ्ज, १८ पुस । मधेस आन्दोलनलाई अझ सशक्त एवं प्रभावकारी बनाउन संघिय समावेसी मधेसी गठबन्धन पर्साले शनिवार साँझ वीरगञ्जमा बिशाल मसाल जुलुस प्रर्दशन गरेको छ ।
गठबन्धन पर्साका संयोजक सरीफ अहम्दको नेतृत्वमा वीरगंजको घण्टाघरबाट निस्केको उक्त मसाल जुलुस वीरगञ्ज नगर परिक्रममा गरी पुनः घण्टाघरमै आएर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै संघिय समावेसी मधेसी गठबन्धन पर्साका नेता एवम् नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य शिव पटेलले जारी मधेस आन्दोलनबाट मधेसी जनतालाई अप्ठयारो भए पनि यो आन्दोलन अधिकार प्राप्तिको लागि भएकोले आन्दोलनलाई सशक्त बनाउन आग्रह गरे । गठबन्धनका नेता राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रिय सदस्य राजेशमान सिंहले जारी मधेस आन्दोलन मधेसीहरुको पहिचान ,स्वभिमान र अधिकारसँग जोडिएकोले सम्पुर्ण मधेसवादीहरु मिलेर आन्दोलनलाई सफल बनाउन आग्रह गरे । गठबन्धनका नेता एवम् फोरम गणतान्त्रिकका महासचिव कदम रसुलले मधेस आन्दोलन सफल नभए सम्म आन्दोलन नरोकिने बताए । 8
गठबन्धनका नेता राजकुमार यादवले बर्तमान मधेस आन्दोलनलाई सम्बोधन गर्नुको सटा सरकार र प्रमुख दलहरुले आन्दोलनलाई तुहाउने फोहरी खेलमा लागेको बताउदै मधेसी जनताले अधिकार प्राप्त नगरेसम्म आन्दोलन नरोकिने बताए । संघिय समावेसी मधेसी युवा गठबन्धन पर्साका संयोजक ईश्वर यादवले हरेक परिर्वतनकारी आन्दोलनमा युवाहरुको अग्रणी भुमिका रहेकोले वर्तमान आन्दोलनमा समेत युवाहरुले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।birgunj
गठबन्धनले निकालेको मसाल जुलुसमा नेताहरु शशिकपुर मियाँ,सुधिरनाथ पाण्डे, प्रेमबाबु पटेल, मस्तकिम अन्सारी, नुरुआलम अन्सारी, अनिरुद्ध सिंह, चन्द्रभुषण साह, बिरेन्द्र यादव, कृष्णा पटेल, मनोज कर्ण, सुजित त्रिपाठी, कपिलदेव तिवारी, किशोरी यादव, उमेशलाल सहनी, युवा गठबन्धनका सल्लाहकार ओमप्रकाश सर्राफ, नेताहरु धर्मेन्द्र पटेल, अनिल गुप्ता, सन्दीप चौरसिया, सुशिल पटेल, रोशन पटेल, अजय मिश्रा, महिला नेतृहरु करिमा वेगम, मुनी श्रीवास्तव, अनिता रौनियार, सीता पटेल, गीता लामालगायत गठबन्धनका हजारौ नेता एवं कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।