• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मधेशी मोर्चा सप्तरीले भैंसीलाई बुझाए ज्ञापन–पत्र

मधेशी मोर्चा सप्तरीले भैंसीलाई बुझाए ज्ञापन–पत्र

राजविराज १२ पुस । मधेशी मोर्चा सप्तरीले जुलुस प्रदर्शनसहित आइतवार भैंसीलाई ९ वुँदे ज्ञापन पत्र वुझाएको छ ।
संघीय समावेशी मधेशी गठबन्धन र संयुक्त मधेशी मोर्चा सप्तरीले संयुक्त रुपमा जुलुस प्रदर्शन गर्दै भैंसीलाई ज्ञापनपत्र बुझाएका हुन् । मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डल “अनुराग” सहितका मोर्चा नेताहरुले भैंसीलाई ज्ञापनपत्र बुझाएका छन् ।
ीवगत साढे चार महिनादेखि शान्तिपूर्ण आन्दोलन जारी रहँदा पनि मधेशको माग सम्वोधन गर्न नसकेको भन्दै उनीहरुले सरकारप्रति व्यंग्य गर्दै ज्ञापनपत्र बुझाएका छन् । सरकारले भैंसी जस्तै मधेश आन्दोलनलाई बेवास्ता गरेकोले आफूहरुले उक्त कार्यक्रमको आयोजना गरिएको अध्यक्ष मण्डलले जानकारी दिए ।
यसैगरी सदभावना पाट्र्रीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोसहित करिब १ दर्जन कार्यकर्तालाई विराटनगरमा प्रहरीले लाठी प्रहार गरेर घाइते बनाएको विरोधमा आइतवार जिल्लाका विभिन्न स्थानमा प्रर्दशन गरिएको छ । यस्तै छिन्नमस्ता गाविसमा मोर्चाद्वारा साँझ मशाल जुलुस प्रदर्शन गरिएको छ ।
यसैगरी सद्भावना अध्यक्ष महतोमाथि भएको आक्रमणको नेपाल सद्भावना पार्टी गजेन्द्रवादीले घोर भत्र्सना गरेको छ । पार्टीका राष्ट्रिय अध्यक्ष तिवारीले प्रेस विज्ञप्तिमार्फत महतोसहितका नेता तथा कार्यकर्ताहरूको शिध्र स्वास्थलाभको कामना गरेको छ । प्रहरीको यस्ता व्रिmयाकलापबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वंय नेपाल सरकार नै हुने तथा संकटको यस धड़ीमा सम्पूर्ण मधेशवादी राजनीतिक शाक्ति र सम्पूर्ण मधेशी जनतालाई एकजुट भई मधेश माताको मुक्तिका लागि निरन्तर संघर्षशिल रहन उनले आह्वान गरेका छन् ।