• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

डिएसपीको सरुवा गर्ने भएपछि आजदेखि स्वास्थ्य संस्थाहरु सुचारु

डिएसपीको सरुवा गर्ने भएपछि आजदेखि स्वास्थ्य संस्थाहरु सुचारु

बल्ल भयो प्रशासन र स्वास्थ्यकर्मी बीच सहमती

सप्तरी, २ पुस । विगत २६ दिनदेखि सप्तरीमा ठप्प रहेको अस्पतालसहित स्वास्थ्य संस्थाहरु शुक्रवारदेखि सञ्चालनमा आउने भएको छ ।
आन्दोलनरत स्वास्थ्यकर्मीहरुको संघर्ष समिति र प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट बीच विहिवार साँझ सम्पन्न बैठकमा ४ बुँदे सहमति पछि स्वास्थ्यसेवा सुचारु हुने भएको हो । शान्ति सुरक्षाको प्रत्याभुति गराउने, घाइते भएका स्वास्थ्यकर्मीको उपचार र तोडफोड भएका सरसमानको उचित क्षतिपूर्ति उपलव्ध गराउने तथा डिएसपी नारायण चिमरीयाको सरुवा गर्ने सहमती भएको छ । यसैगरी उक्त घटनावारे सत्यतथ्य छानवीन गर्न उच्चस्तरीय छानवीन समिति गठनका लागि क्षेत्रीय प्रशासक कार्यालयमा सिफारीस लेखेर पठाईने निर्णय भएको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालका प्रमुख डा. महेश खनालले जानकारी दिएका छन् ।IMG_3579
स्थानीय प्रशासन, संघर्ष समिति, नागरिक समाज, सञ्चारकर्मी अधिकारकर्मी समेतको उपस्थितिमा ४ बुँदे सहमति पश्चात शुक्रवारदेखि जिल्लाभरीका स्वास्थ्य सेवा सञ्चालनमा आउने संघर्ष समितिका सदस्य डा. मुरली प्रसाद सिंहले बताए ।
गत मंसिर ६ गते अस्पताल परिसरमा प्रहरीले अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मीहरुमाथि कुटपिट गरेपछि चिकित्सक सहित जिल्लाका सम्पूर्ण स्वास्थ्यकर्मीहरु आन्दालित भएका थिए । स्वास्थ्यकर्मीहरुको आन्दोलनका कारण सर्वसाधारण जनता स्वास्थ्य सेवाबाट बञ्चित हुँदैआएका थिए ।