• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
विदेश जाँदा हतार नगरौं बुझेर मात्र जाऔं

चन्दन यादव

राजबिराज, २ पुस । सुनौलो सपना बुन्दै परदेश जान चाहनेका लागि बैदेशिक रोजगार प्रवद्र्धन वोर्डले ध्यान दिनुपर्ने कुरा भन्दै सचेत गराउन सन्देशमूलक पर्चा सार्वजनिक गरेको छ । उक्त पर्चामा अरुको लहैलहैमा र उकसाहटमा बैदेशिक रोजगारीमा जानुहूदैन, काम संगको सिप सिकेर मात्र जानु, जानेबुझेसँग छलफल तथा सल्लाह गर्नुस, भिसा आएपछि मात्र पैसा बुझाउनुहोस, जसलाई पैसा दिनु हुन्छ, त्योसँग भरपाई वा रसिद लिनु होस बैदेशिक रोजगारीको क्रममा ठगीमा परे बैदेशिक रोजगार बिभागमा उजुरी गर्नुहोस, भन्ने १९ बुँदेमा समेटिएको ति कुरा परदेशमा सुरक्षित रहन अनिवार्य पालन गर्नेपर्ने हुन्छ ।
तर अवस्था कस्तो छ, भने आधारभुत भनिएका ती कुराहरु नै बिदेशिनेले पालना गदैनन, बैलैमा बृद्धि नपुरयाउँदा धैरैका लागी बैदेशिक रोजगारी सपना पुरा गर्ने मौका होइन, जिवनभर दुखिरहने चोट बन्न बाध्य हुन्छन् । बोर्डले परदेश जानेक्रममा सवैसधारणले ठगी न नपरोस र दुःख नपाउन भन्ने उदेश्य राख्दै सु–सुचित गर्न प्रयास गरेपनि साथीभाई र आफन्तजनको लहैल लहैमा लाग्ने परिपाटी कायमै छ ।
धैरैको आकर्षण बन्ने खाडी मुलुकवाट ठूलो ब्याग, टेलिभिजन, ब्लांकेट र मोवाईल बोकेर फर्किेनेको आकर्षण देखेर सुझ–बुझबिनै ती मुलुकतर्फ जानेको लर्को नरोकिदा भोग्नुपर्ने सास्ती भने रोकिएको छैन । पहिल्यै सुसुचित भएर जानेका हकमा भने दुःख पाउने क्रम कम छ । स्वदेशमा आफनो सिप र क्षमता अुनसारको काममा मन नलगाई बहकिने कतिपय युवा उता जानुअघि बैदेशिक रोजगार बिभागवाट श्रम स्वीकृती लिनुपर्छ भन्ने समेत जान्दैनन, हतारमा परदेशिने खोज्दा केही बैलेमा ठगिन्छन, कोही उता पुगेर ।
सप्तरीमा प्रारम्भीक चरणमै ठगीने धैरै मध्येका एक हुन रम्पुरामल्हनिया वडा नम्वर ३ डलवाका संजय कुमार साह । उनले दुई वर्ष अघि ऐजेन्टलाई पासपोर्टसहित नगद ४० हजार तिरेपनि अहिलेसम्म मलेसिया उड्न पाएको छैन । सप्तरीमा प्रारम्भिक चरणमै ठगीको संख्यामा बृद्धि भएको देखिन्छ । आ.व ०७१ र७२ मंसिर सम्म को तथ्याँक अनुसार २ सय भन्दा वढी ठगीका घटनाहरु बैदेशिक रोजगारी सम्वन्धी सुचना तथा परार्मश केन्द्र राजबिराज तथा मिडिया पार्टनर सबल नेपालको सम्र्पकमा आएको अवस्था छ ।
तीमध्ये पासपोर्ट लिएर बिदेश नपठाएको ३० वटा केशमा सबल नेपालको सहयोगमा १५ जनाले पासपार्ट पाएको सामी परियोजना अन्तर्गत सवल नेपालका कार्यक्रम संयोजक अशोक साहले बताए । बैदेशिक रोजगारीमा जाने योजना बनाएका तर सावधानी नअपनाएको उनी स्थानिय ऐजेन्टवाटै ठगीएका छन ।
यसैगरी प्रारम्भीक चरणमा ठगीएका राजबिराज खर्सालका नेमनारायण यादबले १ वर्ष अघि नै म्यानपावारबाटै ठगीएका छन । स्थानिय ऐजेन्टले मलेसियामा ईलेक्ट्रोनिक्स सम्बन्धि काममा लगाईदिने भनिएपनि अर्को काममा लगाईदिएका कारण उनी ठगीमा पर्न बाध्य भए ।
भिसा लगाउने आवश्यक भनेर म्यानपावरले सुरुआतमै ऐजेन्ट मार्फत म्यानपावरको नाममा पासपोर्ट सहित रकम असुलेको थुप्रै घटना सप्तरीमै देखिन्छ ।
म्यानपावरले सम्झौता अनुसारको काममा नजिकका मान्छेलाई मात्र पठाउने र सोझासाझालाई यादब र साह को पारामा पैसा असुल्दै झुलाउने परिपाटी रहेकोले दलालहरुबाट बच्नु आवश्यक रहेको साहको भनाई छ ।
भाषा र सिप नसिक्ने, जिवन बिमा नगर्ने, विश्वसनिय म्यानपावर नरोज्ने हवाई यात्रा वारे जानकारी नराख्ने कागजातका प्रति आफु संग नराख्ने, हेलचक्रयाइँ प्रकृतिले समस्या निम्तिईरहेको छ ।
शुरुमै बुद्धि नपुरयाई जाँदा लगानी डुब्ने, अंगभंग हुने परिवार टुक्रिने जस्ता समस्या आउने गरेकोले बैलैमा बैदेशिक रोजगारी सम्वन्धी सवै सुचना तथा जानकारी लिएर सचेत भएर गएमा बैदेशिक रोजगारी सुरक्षित तथा उपलब्धी मुलक हुने विज्ञहरुको भनाई छ ।