• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नेपालमा तीन खतरा हिंसात्मक आन्दोलन, मधेश देश र दङ्गाः महतो

नेपालमा तीन खतरा हिंसात्मक आन्दोलन, मधेश देश र दङ्गाः महतो

राजविराज, २८ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता एवम् सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस आन्दोलन सफल नभए नेपालमा ठूलो दुर्घटना निम्त्याउने सम्भावना व्यक्त गरेका छन् ।

भारतको दिल्ली भ्रमणपछि पुनः मधेश आन्दोलनमा सक्रिय भएका उनले बिरगञ्जमा सोमवार आयोजित पत्रकार भेंटघाटका क्रममा यस्तो सम्भावना व्यक्त गरेका हुन् । शान्तिपूर्ण मधेस आन्दोलन सफल नभए निकट दिनमै तीन नयाँ विकल्पसहित मधेसको आन्दोलन अघि बढ्ने उनले दावी गरे । तीन विकल्पमध्ये पहिलो विकल्प हिंसात्मक आन्दोलनमा जानसक्ने समेत उनले उद्घोष गरे ।
अहिलेको शान्तिपूर्ण मधेस आन्दोलन हिंसात्मक आन्दोलनमा रुपान्तरण हुने खतराको पूर्व संकेत गर्दै
उनले दोस्रो खतराको रुपमा नेपालभित्रै अलग देशको माग उठाउने स्पष्ट पारेका छन् । ‘अहिले हामी एउटा देशको सार्वभौमिकता भित्र रहेर, नेपालभित्र रहेर देशभित्रै एक प्रदेशको माग गरिरहेका छौं,’ उनले भने ‘अहिले हामी मधेस प्रदेशको माग गरिरहेका छौं, यदि मधेस प्रदेश जनताले पाएन भने त्यो अवस्थामा नेपाल भित्रै छुट्टै देशको माग हुनेछ ।’ आफूहरुको माग प्रदेश मात्रै भएको तर आफूहरु असफल भए बेग्लै अलग देशको माग गर्नेहरु अघि आउने समेत नेता महतोले तर्क गरे ।1 (4)
तेस्रो खतराको रुपमा सांप्रदायिक दङ्गा भड्किने दावी गर्दै सदभावना पार्टीका अध्यक्ष महतोले भने ‘शान्तिपूर्ण आन्दोलनबाट स्वायत्त मधेश प्रदेशको अधिकार मिल्दैन भने सांप्रदायिक दंगा भड्किन्छ ।’ उनले सम्भावित तीन खतराबाट नेपाललाई जोगाउन तत्काल मधेशको माग सम्बोधन गर्न राज्यपक्षको ध्यानाकर्षण गराए ।
वीरगञ्जको मितेरी पुलमा जारी धर्नामा समेत सद्भावना पार्टीका अध्यक्ष महतो सहभागी भएका छन् ।