• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

थप जिम्मेवार भएर काम गर्न सशस्त्र डिआइजी शाहको निर्देशन

थप जिम्मेवार भएर काम गर्न सशस्त्र डिआइजी शाहको निर्देशन

बर्साइनमा बिओपीको भवन उद्घाटन
राजविराज, २७ मंसिर । पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराहबाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक निराकारम विक्रम शाहले देशको विषम परिस्थितिमा थप जिम्मेवार काम गर्न मातहतका प्रहरीहरुलाई निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बर्साइनको नवनिर्मित भवनको आइतवार उद्घाटन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । नेपालको सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नुका साथै अबैध चोरी निकासी, पैठारी रोकथाम गरी सिमा अतिक्रमणलगायतका कामहरु थप जिम्मेवार भएर गर्न उनले निर्देशन दिए । 6
शान्ति सुरक्षा प्रतिवद्धताको आदर्श वाक्यलाई आत्मसात गर्दै अगाडि बढेको सशस्त्र प्रहरी संगठनलाई नेपाल सरकारले स्थापनाकालदेखि निर्दिष्ट गरेका जिम्मेवारीका अलावा विभिन्न समयमा महत्वपूर्ण जिम्मेवारी सुम्पिदैआएको प्रमुख अतिथि शाहले चर्चा गरे । बोर्डर आउटपोष्टको जिम्मेवारी सशस्त्र प्रहरी बलका लागि चुनौतिपूर्ण र महत्वपूर्ण जिम्मेवारी भएको भन्दै यसलाई कर्तव्यनिष्ठ एवम् वफादार भएर भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले भने ‘निर्दिष्ट जिम्मेवारी र कर्तव्य पालना गराउने क्रममा जस्तोसुकै जोखिमको सामना गरेर भए पनि राष्ट्रको शीरलाई उँचो राख्न सशस्त्र प्रहरी अटल र अडिग रहनुपर्दछ ।1
नव निर्मित भवन उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक दमन थापाले को. बर्साइन गाविस वडा नम्वर–४ स्थित कोशी तटबन्ध स्परमा स्थानीयवासिन्दाको आग्रहमा सुरक्षा सुदृढिकरण योजना २०६५ अन्तर्गत २०६६ माघ १५ गतेको मन्त्री परिषद्को निर्णय अनुसार स्थायी रुपमा सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट वर्साइनमा सञ्चालन हुँदैआएको जानकारी दिए । बिओपीको नाममा ४ कट्ठा, कोशी तटबन्धको ३ कट्ठा, स्थानीय व्यक्तिको एक कट्ठा समेत गरी ८ कट्ठामा ९५ लाख ९६ हजार ५ सय ४१ रुपैयाँको लागतमा कार्यालय भवन, व्यारेक, मेशसहितका भवन निर्माण गरिएको उनले बताए ।5
सोही अवसरमा जग्गादाता को. वर्साइन–१ का रामनारायण पण्डित, प्राविधिक सशस्त्र प्रहरी निरीक्षक सूर्यनारायण मण्डल, निर्माण कम्पनी ब्राइटवुल÷आशिर्वाद÷स्वामी नारायण निर्माण सेवा जेभी त्रियुगाका प्रोप्राइटर केशर बुढाथोकी लगायत निर्माण कार्यमा सहयोेग पुर्याउने व्यक्तिहरुलाई वाहिणीपति शाहले सम्मान गरेका छन् । भवन उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल मुख्यालय वराहवाहिनीका सहायक वाहिणीपति वंशीराज दाहाल, कृष्ण दल गणका गणपति भुवनेश्वर आचार्य, अनुसन्धान अधिकृत पुष्प मिश्र, राजनिितकर्मी धर्मनारायण राय, विश्व हिन्दू परिषद्का सदस्य शंकर कावरा, जिल्ला विकास समितिका पूर्व सदस्य सकिल अलिलगायतको उपस्थिति रहेको थियो ।