• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मितेरी पुलको रात्रीकालिन धर्नामा हज्जारौं आन्दोलनकारी

मितेरी पुलको रात्रीकालिन धर्नामा हज्जारौं आन्दोलनकारी

पर्सा, २६ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा बन्दको १२० औं दिनसम्म पनि राज्यसत्ताले मधेसको मागलाई सम्बोधन नगरेको भन्दै आन्दोलनलाई थप कडा बनाउन पर्सा मोर्चा जुटेका छन् ।
आन्दोलनलाई थप सशक्त बनाउन बारा, पर्सा, रौतहट लगायत तराई मधेसका जनतालाई नेपाल–भारतको मितेरी पुलमा आयोजित धर्नामा सहभागी हुन आह्वान गरेको छ । किसान, बुद्धिजिवि, शिक्षक, विद्यार्थी, कर्मचारी, व्यवसायी, सञ्चारकर्मी लगायत सबै पक्षलाई आन्दोलनमा जुट्न संघीय समाजवादी फोरम नेपाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अनुरोध गरेको छ ।
धर्नास्थलमा मोर्चाको तर्फबाट जाग्रामका लागि टेन्ट, ओछ्यान र दाउराको भरपुर व्यवस्था गरेको भन्दै धर्नास्थलमा आएर सहभागिता जनाउन आग्रह गरिएको छ । आन्दोलनलाई सशक्त पार्ने उदेश्यले शनिवारबाटै संघीय समाजवादी फोरम नेपालका नेता अजय चौरसियाको नेतृत्वमा बस, ट्याक्टर, ई–रिक्सासहित पैदल हजारौँ मधेसी जनताको सहभागितामा मितेरीपुलमा पुगेर आन्दोलनमा मधेसी जनताले सहभागिता समेत जनाएका छन् ।12369937_897936120303285_258855471_o
वीरगञ्जको राधेमाई, मुरली, श्रीपुर, पिपरा लगायतको स्थानिय किसान, कर्मचारी, व्यवसायीलगायतको सहभागितामा निकालिएको ¥याली मितेरी पुलमा पुगेर धर्नामा सहभागी भएका छन् । धर्नास्थलमा संघिय समाजवादी फोरम नेपालका जिल्ल अध्यक्ष प्रदिप यादव, महासचिव रामसाह यादव, केन्दी्रय सदस्य रामकिसोर यादव, करिमा बेगम, सदभावना पार्टिका केन्द्रीय सदस्य निजामुदिन समानि लगायतकाले स्वागत गरेका छन् ।