• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराज, २५ मंसिर । सिरहाको गोलबजारमा ट्रयाक्टरले किचेर आन्दोलनकारी कुशे साह हलुवाईको घटनामा संलग्न दोषीलाई कडा कार्वाही गर्न हलुवाई समाज नेपालले माग गरेको छ ।

समाजका केन्द्रीय अध्यक्ष शिवनारायण साह ‘सुरज’ले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गरी दोषीमाथि कडा कार्वाही तथा पीडित परिवारलाई क्षतिपूर्तीको माग गरेका हुन् । बन्दको अवज्ञा गरी शुक्रवार विहान स.१ त १८४५ नम्वरको ट्रयाक्टरलाई रोक्ने क्रममा गोलबजार नगरपालिका वडा नम्वर– ४ का २० वर्षिय कुशे साहलाई सोही ट्रयाक्टरले किचेर हत्या गरेको भन्दै उक्त घटनाको कडा शब्दमा भत्र्सना गरेको छ ।

साहको घटनाको खबरले आफूहरु मर्माहत एवम् स्तब्ध भएको भन्दै शहीद घोषणा, पीडित परिवारलाई क्षतिपूर्ति तथा घटनाको छानविनकालागि आ–आफ्नो स्थानबाट सहयोग गरिदिन राजनीतिकर्मी, पत्रकार, मानवअधिकारकर्मी, नागरिक समाजसँग समेत हलुवाई समाज नेपालले अपिल गरेको छ । दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भने कामना समेत केन्द्रीय अध्यक्ष साहद्वारा जारी विज्ञप्तिमा गरिएको छं ।