वीरगंज, १९ मंसिर । मुस्लिम वेलफेयर सोसाईटी नेपालले तीन महिने अंग्रेजी भाषा तालिमको शनिवार एक कार्यक्रमकाको बीच उदघाटन गरेको छ ।
सोसाईटीका केन्द्रिय अध्यक्ष रहमतुल्लाह मियाँको सभापतित्व सम्पन्न उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी ईन्जिनियर जक्की अहम्दले तीन महिने तालिमबाट बिद्यार्थीहरुलाई धेरै फाईदा पुग्ने बिश्वास व्यक्त गर्दै अंग्रेजी भाषा बिश्वकै सम्पर्क भाषा भएको हुनाले यसको महत्व निकै नै ठुलो रहेको बताए । कार्यक्रममा मधेसी पत्रकार समाज पर्साका अध्यक्ष सन्तोष पटेलले जति सुकै पढे पनि अंग्रेजी भाषाको ज्ञान नभए अनपढ सरह नै लाग्ने हुदाँ मातृभाषा र राष्ट्रिय भाषा आफनै महत्व हुँदा समेत अंग्रेजी भाषाको ज्ञान नभए आजको युगमा बिद्यार्थीको जिवन अधुरो नै रहने बताए ।
तालिमका प्रशिक्षक अकबर हवारीले अन्र्तराष्ट्रिय सम्पर्क भाषाको रुपमा अंग्रेजी भाषा रहेको हुनाले देश देखि बिदेशसम्म यसको छुटै नै महत्व रहेको बताए । कार्यक्रममा बाराकी महिला अधिकारकर्मी एवम् तमलोपा नेतृ पिंकी यादवले कुनै पनि तालिममा महिलाहरुले बढी ईमन्दारीपुर्वक सिक्ने हुदाँ यस तालिममा सहभागि छात्राहरुलाई निकै फाईदा पुग्ने बिश्वास व्यक्त गरिन् ।
उदघाटन समारोहमा कार्यक्रम संयोजक एवं पत्रकार एस.एमजहाँगस्तले स्वागत मन्तव्य एवं ईस्लामिक संघका केन्द्रीय सदस्य मुज्तुवा अंसारीले सहजीकरण गरेका थिए । कार्यक्रममा डाक्टर हसिबु रहमान, भोला अन्सारी, जमिल अख्तर, मुरतुजा अन्सारी, प्रशिक्षकद्वय अकबर हवारी, फरमुद मियाँ लगायत बिद्यार्थीहरु, सञ्चारकर्मी र स्थानियवासीन्दाहरुको उपस्थिती रहेको थियो । तीन महिने तालिम वीरगञ्ज १७ स्थित सुफा आइडियल एकेडेमी गण्डक बहुअरीमा सञ्चालन गरिने संयोजक एस.एमजहाँगस्तले बताए ।