• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

आरजेडी नेता सिंहले भने ‘मधेशको समस्या हाम्रा छोरी–बुहारीको समस्या हो’

आरजेडी नेता सिंहले भने ‘मधेशको समस्या हाम्रा छोरी–बुहारीको समस्या हो’

राजविराज, १९ मंसिर । राष्ट्रिय जनता दल (आरजेडी)का राष्ट्रिय उपाध्यक्ष समेत रहेका पूर्व केन्द्रीय मन्त्री रघुवंश प्रसाद सिंहले नेपाल सरकारले अविलम्ब मधेशी जनताको माग पुरा नगरे भारत अब चुप लागेर नबस्ने बताएका छन् ।’
भारतका सीतामढीमा मधेसी मोर्चामा आवद्ध सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवसँग शनिवार भेंटघाटका क्रममा उनले यस्तो कुरा बताएका हुन् । नेपाल सरकारले तत्काल दमन बन्द गरी मधेशवादी दलहरुसँग वार्ता र संवादबाटै सहमति खोज्न आग्रह गर्दै नेता सिंहले भने ‘भारतमाथि आरोप लगाउने कार्य बन्द होस्, छिमेकीको घरमा आगो लागेको अवस्थामा आफूहरु चुपचाप हेरेर बस्न नमिल्ने भन्दै वरिष्ठ नेता सिंहले भने ‘ अधिकारको लडाईमां अंग्रेजी शासस शासन जस्तै क्रुर अन्याय हुन दिन्नौं, भारत सरकारले धेरै ढिलो गरी चासो लियो, अब नेपाल सरकारलाई पूरा दबाब दिईनु पर्दछ ।
शोषण, दमन एवम् विभेदमा पारिएका मधेशी जनताको माग सम्बोधन नगरे आफूसहित हजारौं जनताका साथ काठमांडौंमै गएर सत्याग्रह गर्ने चेतावनी समेत उनले दिए । पूर्व केन्द्रीय मन्त्री सिंहले मधेश आन्दोलनका क्रममा भएको चरम दमन अत्यन्त दुर्भाग्यपूर्ण भएको प्रष्ट्याउँदै उनले भने ‘मधेशको समस्या अब आन्तरिक रहेन, यो त हाम्रा छोरी बुहारी तथा लाखौं नातेदारहरुको समस्या हो, नेपाल सरकार विरुद्ध भारत सहित संसारभरी जनमत तयार गर्न लाग्नु आवश्यक छ ं।’
मधेशी जनताले समानताको हक अधिकार पाओस् भन्ने आफूहरुको आकांक्षा रहेको भन्दै मधेश आन्दोलनमा बिहारका सम्पूर्ण जनता र आफ्नो पार्टी आरजेडीको पूर्ण सद्भाव र समर्थन रहेको बताए । मधेशी समुदायको मामिलामा आफूहरु चुप लागेर नबस्ने भन्दै आफूसहित राष्ट्रिय जनता दलले सहयोग गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता उपाध्यक्ष सिंहले व्यक्त गरे ।
मोर्चाका नेता महतो र यादवले नेपालमा मधेशी समुदायमाथि राज्यपक्षले गर्दै आएको विभेद, जारी भएको संविधान, शान्तिपूर्ण आन्दोलनमा भइरहेको दमन तथा राज्यको वर्तमान शैली लगायतका विषयहरुमा विस्तृत जानकारी गराएका छन् । उनीहरुले भारतका वरिष्ठ नेता सिंहसँगको भेंटघाट पछि बिहीबार सर्लाहीको नवलपुरमा भएको आमसभामा प्रहरीले चलाएको गोली लागेर घाइते भएका कार्यकर्तालाई समेत भेंटघाट गरी स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका छन् ।
घाइतेहरुसँग भेंटघाट पश्चात नेताद्वय महतो र यादव शनिवारै पटनाबाट भारतीय समय राती ८.५० बजेको इण्डियन एयरलायन्सबाट दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर आइतवार बिहान ८.३० बजे इण्डियन एयरलाईन्सबाट दिल्लीका लागि काठमाण्डौबाट प्रस्थान गर्ने कार्यक्रम तय भएको मधेशी पत्रकार संघका केन्द्रीय अध्यक्ष पंकज दासले जानकारी दिएका छन् ।