• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मधेशको माग सम्बोधन नगरे काठमाण्डौंमा सत्याग्रहः आरजेडी नेता सिंह

मधेशको माग सम्बोधन नगरे काठमाण्डौंमा सत्याग्रहः आरजेडी नेता सिंह

मोर्चा नेता महतो र यादव सीतामढीमा
राजविराज, १९ मंसिर । राष्ट्रिय जनता दल (आरजेडी)का राष्ट्रिय उपाध्यक्ष समेत रहेका पूर्व केन्द्रीय मन्त्री रघुवंश प्रसाद सिंहले शोषण, दमन एवम् विभेदमा पारिएका मधेशी जनताको माग सम्बोधन नगरे आफूसहित हजारौं जनताका साथ काठमांडौंमै गएर सत्याग्रह गर्ने घोषणा गरेका छन्
भारतका सीतामढीमा मधेसी मोर्चामा आवद्ध सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवसँग शनिवार भेंटघाटका क्रममा उनले यस्तो कुरा बताएका हुन् । पूर्व केन्द्रीय मन्त्री सिंहले मधेश आन्दोलनका क्रममा भएको चरम दमन अत्यन्त दुर्भाग्यपूर्ण भएको भन्दै आफूहरु नेपालका मधेशी जनताको साथ रहेको बताए । उनले भने ‘हामी अहिले पनि चाहन्छौ कि वर्षौंदेखि शोषण, दमन एवम् विभेदमा पारिएका मधेशी जनताको माग सम्बोधन होस्, यदी यस्तो नभए हामी हजारौं भारतीय जनताका साथ काठमांडौंमै गएर सत्याग्रह गर्न बाध्य हुन्छौं ।’2
मधेशी जनताले समानताको हक अधिकार पाओस् भन्ने आफूहरुको आकांक्षा रहेको भन्दै मधेश आन्दोलनमा बिहारका सम्पूर्ण जनता र आफ्नो पार्टी आरजेडीको पूर्ण सद्भाव र समर्थन रहेको बताए । मधेशी समुदायको मामिलामा आफूहरु चुप लागेर नबस्ने भन्दै आफूसहित राष्ट्रिय जनता दलले सहयोग गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता उपाध्यक्ष सिंहले व्यक्त गरे । 5
मोर्चाका नेता महतो र यादवले नेपालमा मधेशी समुदायमाथि राज्यपक्षले गर्दै आएको विभेद, जारी भएको संविधान, शान्तिपूर्ण आन्दोलनमा भइरहेको दमन तथा राज्यको वर्तमान शैली लगायतका विषयहरुमा विस्तृत जानकारी गराएका छन् । उनीहरुले भारतका वरिष्ठ नेता सिंहसँगको भेंटघाट पछि बिहीबार सर्लाहीको नवलपुरमा भएको आमसभामा प्रहरीले चलाएको गोली लागेर घाइते भएका कार्यकर्तालाई समेत भेंटघाट गरी स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका छन् । घाइतेहरुसँग भेंटघाट पश्चात नेताद्वय महतो र यादव शनिवारै पटना हुँदै दिल्लीतर्फ प्रस्थान गरेका छन् । 1
मधेसी मोर्चाका नेताद्वय महन्थ ठाकुर र उपेन्द्र यादव आइतवार विहान दिल्ली जाने कार्यक्रम रहेको जनाईएको छ । 3तस्विरहरुः पंकज दास