• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अमेरिकी र बेलायती राजदूतसँग फोरम अध्यक्ष यादवको भेंटघाट

अमेरिकी र बेलायती राजदूतसँग फोरम अध्यक्ष यादवको भेंटघाट

काठमाडौं, १८ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अमेरिकी र बेलायती राजदूतसँग भेटवार्ता गरेका छन् ।
नेपालका लागि अमेरिकी राजदूत अलाइना बी तेप्लिज र बेलायती राजदूत रिचर्ड मोरिससँग भेंटघाट गरेका हुन् । भेंटवार्तामा जारी मधेस आन्दोलनको माग, राज्यपक्षद्वारा भइरहेको क्रुर दमन, राज्यको शैली, वार्ता प्रक्रियासहितका विषयहरुबारे राजदुतहरुले जानकारी लिएका छन् ।
फोरम अध्यक्ष यादवले आफूहरुको मागप्रति तीन दल गैरजिम्मेवार भइरहेको, प्रहरी दमन, मानव नरसंहारसहितका विषयहरुमा छलफल भएको जनाइएको छ ।