• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीसँग मोर्चाका नेताहरु भेंटघाट गर्ने

भारतीय प्रधानमन्त्री मोदीसँग मोर्चाका नेताहरु भेंटघाट गर्ने

काठमाडौं, १८ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्षस्थ नेताहरु भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेंटघाट गर्न दिल्ली जाने कार्यक्रम तय भएको छ ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सहित मोर्चासँग आवद्ध चार दलका शीर्ष नेताहरु आइतबार दिल्ली जाने कार्यक्रम तय भएको जनाइएको छ । मोर्चाका नेताहरुको दिल्ली भ्रमणको विषयमा सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले पुष्टि गरेका छन् । मोर्चाका नेताहरुलाई भारतीय प्रधानमन्त्री मोदीले बोलाइएको श्रोतले जनाएको छ ।
प्रधानमन्त्री मोदीसँग भेंटघाटको विषयमा आवश्यक प्रबन्ध मिलाउन तराई मधेश लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठी शुक्रवारै दिल्ली प्रस्थान गरिसकेका छन् । विहीवार फोरम नेपालका नेता अभिशेक प्रताप शाह समेत दिल्ली पुगिसकेका छन् । दिल्ली पुगेका नेताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेंटघाटको विषयमा चाँजो मिलाउने जनाइएको छ ।