• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आयोगका कर्मचारीमाथि आक्रमणः टोली फिर्ता

राजविराज, १८ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले मधेस आन्दोलनको अनुगमनमा खटाइएका टोलीहरुलाई फिर्ता बोलाएको छ ।
आयोगकी सदस्य तथा प्रवक्ता मोहना अन्सारीले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै बिहीबार सर्लाहीको नवलपुरमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले आयोगको कर्मचारीमाथि आक्रमण गरी गाडी समेत जलाएको भन्दै अनुगमन टोलीहरु फिर्ता बोलाइएको जनाएकी छिन् । अनुगमनमा खटिएका मन्दिरा श्रेष्ठ, विभा ढुङ्गाना र श्रीराम कार्कीसहितको आयोगको टोलीमाथि नवलपुरमा आन्दोलनकारीले आक्रमण गरी गाडी, क्यामरा, महत्वपूर्ण कागजात र अनुगमनमा प्रयोग गरिने ज्याकेट जलाइदिएको भन्दै उक्त कार्यको कडा शब्दमा भत्र्सना गरेकी छिन् ।
आयोगको शुक्रबारै बसेको आकस्मिक बैठकले मानवीय सेवामा खटिएका व्यक्तिमाथि आक्रमण, तोडफोड र आगजनी गर्ने तथा क्षति पु¥याउने व्यक्तिलाई कानुनबमोजिम कारवाही गर्न समेत सरकारसँग आग्रह गलाई आग्रह समेत गरेको छ । मानव अधिकार रक्षक, संचारकर्मी र मानवीय सेवामा कार्य गर्ने व्यक्ति तथा निकायको सुरक्षा र संरक्षणका लागि सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । संविधान प्रदत दायित्व निर्वाह गर्नसक्ने वातावरण नभएसम्मका लागि टोली फिर्ता बोलाइएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।