राजविराज, १७ मंसिर । मधेशी मोर्चा नगर समितिद्वारा विहीबार राजविराजमा शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक धुनसहित पाँच मिनेट मौन धारण गरिएको छ ।
राजविराज स्थित शहीद दशन चौकमा भेला भएका मोर्चाका केन्द्रीय तथा जिल्ला नेता सहित सर्वसाधारण समेतको सहभागितामा मौन धारण गरिएको हो । उक्त कार्यक्रमा जनसमुदायको व्यापक सहभागिता रहेको थियो ।
यसैगरी जिल्लाको झौहरा चौक, नर्घो स्थित शान्तिचौक, राजदेवी चौक सहितका स्थानहरुमा शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । दिउँसो ३ बजेदेखि सञ्चालन भएको उक्त कार्यक्रमको समयावधीभरी राजविराजबाट सञ्चालित एफएमहरुबाट शोकधुन बजाइएको थियो ।


