• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मधेसीको भूमि मधेस प्रदेशमै हुनपर्दछःः उपेन्द्र

मधेसीको भूमि मधेस प्रदेशमै हुनपर्दछःः उपेन्द्र

मोर्चाको प्राइम माग सिमाङ्कन
राजविराज, १६ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका प्रमुख घटक संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले आफूहरुको मुख्य माग सिमाङ्कन भएको भन्दै कुनै पनि हालतमा पछि नहट्ने बताएका छन् ।
मधेसी पत्रकार संघ सप्तरीद्वारा बुधवार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । आफूहरु वार्ता विरोधी नभएको प्रष्ट पार्दै अध्यक्ष यादवले भने ‘मोर्चाको प्राइम माग सिमाङ्कन हो, यस अतिरिक्त जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, समावेशिता, नागरिकता, पहिचान र भाषिक अधिकारको सुनिश्चितता समेत हाम्रो मत्वपूर्ण माग हो ।’
मधेसी मोर्चाले गैर नेपाली नागरिकलाई नागरिकता दिने भनि कहिल्यै नभनेको बताउ“दै अध्यक्ष यादवले आफूहरुको प्रमुख मुद्दा सिमाङ्कन भएकोले मधेसका भूमि र मधेसीको भूमि मधेस प्रदेशमै राख्नुपर्नेमा जोड दिए । मधेसमा बस्ने सबैको नैसर्गिक अधिकार भएको प्रष्ट्याउँदै उनले भने ‘मधेसको भूमिलाई विगतमा काटेर जसरी सिमाङ्कन गरियो त्यो आफूहरुलाई कहिल्यै पनि मान्य हुँदैन ।’2
सरकार र मोर्चाबीचको वार्ता निर्णायक हुनेमा आफूहरु आशावादी रहेको प्रष्ट पार्दै उनले भने ‘हामी मधेस झर्ने बित्तिकै हाम्रो आन्दोलनलाई तुहाउने दृष्टिकोणले तुरुन्त काठमाण्डौ बोलाउने काम भईरहेको छ, वार्तामा बसेको बेला खै के माग हो भनेर पटक–पटक जिस्काउने काम मात्रै भईरहेको छ, त्यसैले अब वार्तामा मोर्चा आबद्ध अध्यक्षहरुको जरुरी छैन, वार्ता टोलीसित सरकारले निर्णायक वार्ता गर्दा हुन्छ ।’
मधेसमा पूर्व–पश्चिम राजमार्गमा लागु गर्ने भनिएको विशेष सुरक्षा योजना आन्दोलनलाई दबाउन खोज्ने विशेष सुरक्षा दमन योजना भएको उनले टिप्पणी गरे । ‘सुरक्षा योजना त नागरिकको सुरक्षाकालागि हुन्छ, शान्तिपूर्ण आन्दोलनमा रहेका नागरिकमाथि सिधै गोली ठोक्नु घोर निन्दनीय कार्य हो, तर गोली ठोक्नकालागि नै विशेष सुरक्षा दमन योजना सरकारले ल्याएको हो, मधेशी जनताािमस यो कदापि चल्दैन ।’
मधेसी जनताको हक अधिकार पहिचानको आन्दोलनलाई आफूलाई राष्ट्रवादी भनाउँदाहरुले भारतसँग जोडेर हेर्ने गरेकोप्रति उनले आक्रोश व्यक्त गरे । आफूहरुले राजमार्ग र सिमानाकामा आन्दोलन गर्दा माग सम्बोधन गर्नुको साटो क्रुर दमन गरी सरकारले आफ्नो चरित्र उदाङ्गो पारेको अध्यक्ष यादवले बताए ।
‘जब–जब ब्लायकमेलिङ्गको फोरेन पोलिटिक्स नेपाल गयो, तब नेपाललाई दुदर्शा भोग्नुपरेको उदाहरण हामी कहा“ छ, त्यसैले चीनलाई जित्न भारतसित ब्लायकमेलिङ्ग र भारतलाई जित्न चीनसित ब्लायकमेलिङ्ग गर्ने काम तुरुन्त रोक्नुपर्छ । छिमेकीसँगको मित्रवत व्यवहारलाई समान ब्यवहार गर्नु नै उत्तम फोरेन पोलिटिक्स हुने फोरम अध्यक्ष यादवले दावी गरे ।