राजविराज, १५ मंसिर । सप्तरीको बेल्ही गाविस वडा नम्वर– ६ स्थित नेपाल भारत सिमाको दशगजा क्षेत्र अतिक्रमण गरी भारतिय सिमा सुरक्षा बल (एस.एस.वि) का सुरक्षाकर्मिहरुले टहरा बनाई चेक पोष्ट खडा गरेको विषयमा सप्तरीका सुरक्षा अधिकारीहरुको टोलीले स्थलगत निरीक्षण गरेका छन् ।
विहान साढे नौ बजेको समयमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टको नेतृत्वमा कृष्ण दल गण सप्तरीका प्रमुख सेनानी भुवनेश्वर आचार्य, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक भीम प्रसाद ढकाल, सशस्त्र प्रहरी सिमा सुरक्षा बलका सशस्त्र प्रहरी उपरीक्षक दमन थापा तथा अनुसन्धान प्रमुख सुमन वैधसप्तरी जिल्लाका र स्थानिय पत्रकार समेतको टोलीले उक्त क्षेत्रको स्थलगत निरीक्षण गरी सिमा सुरक्षा बल (एस.एस.वि.)का अधिकृतसँग आवश्यक समन्वय गरी उक्त चेक पोष्ट एसएसवि मार्फत नै मङ्गलवारै भत्काएर हटाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।