• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

चिकित्सकसहित स्वास्थ्यकर्मीहरुद्वारा धर्ना

चिकित्सकसहित स्वास्थ्यकर्मीहरुद्वारा धर्ना

राजविराज, १० मंसिर । चिकित्सकसहित स्वास्थ्यकर्मीहरुमाथि भएको कुटपीट एवम् दुव्र्यवहारको घटनाको विरोध गर्दै जिल्लाका स्वास्थ्यकर्मीसहित कर्मचारीहरुले विहीवारदेखि धर्नामा बसेका छन् ।
राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालभित्र प्रवेश गरी कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई प्रहरी आइतवार निर्घात कुटपीट गरेको विरोधमा अस्पतालसहित जिल्लाभरिका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रेका हुन् । जिल्लाभरिका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी तथा सरकारी कर्मचारीहरु संयुक्त रुपमा आन्दोलनलाई निरन्तरता दिँदैआएका छन् । मानवीय सम्वेदनालाई मध्यनजर गर्दै अस्पताल परिसरमै पालमुनि आकस्मिक सेवा थालेर धर्नासहितका विरोध कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई निर्घात कुटपीट गर्ने आदेश दिने सशस्त्र र नेपाल प्रहरीका एसपीहरुको निलम्बन, घाइतेहरुको निःशुल्क उपचार र शान्तिसुरक्षाको सुनिश्चितालगायतका मागहरु राखेर विगत चार दिनदेखि उनीहरु आन्दोलनमा उत्रेका छन् । आन्दोलनका कारण जिल्लाभरिका सम्पूर्ण अस्पतालसहित स्वास्थ्य संस्था तथा क्लिनिकहरु समेत बन्द रहेका कारण सर्वसाधारण जनता आधारभूत स्वास्थ्यसेवाबाट बञ्चित भएका छन् । आफूहरुको माग पुरा नभएसम्म आन्दोलन जारी रहने प्रगतिशील स्वास्थ्यकर्मी संगठन सप्तरीका अध्यक्ष विरेन्द्र कुमार दासले जानकारी दिनुभयो ।
चिकित्सकसहित स्वास्थ्यकर्मीहरुमाथि भएको घटना र जिल्लाभरिको सम्पूर्ण स्वास्थ्य संस्थाहरु ठप्प रहेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै आन्दोलनरत पक्षसँग वार्ता गरेर अविलम्ब सेवा सुचारु गर्ने प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी नारायण भट्टले राजनकारी दिए ।

स्वास्थ्यकर्मी पनि असुरक्षीतः डा. दीपा यादव