Top_Header_Right_Add

प्रहरी कार्वाहीप्रति नेकपा संयुक्तको ध्यानाकर्षण

प्रहरी कार्वाहीप्रति नेकपा संयुक्तको ध्यानाकर्षण

राजविराज, ८ मंसिर । मधेश आन्दोलनको क्रममा मंसिर ५ गते राति र ६ गते दिनमा गरी रुपनी, भारदह, राजविराजमा भए गरिएको प्रहरी प्रशासनको कारबाही घटनाप्रति नेकपा संयुक्त सप्तरी जिल्ला समिति सचिवालयको आकस्मिक बैठकको गम्भीर ध्यानाकर्षण भएको छ ।
मधेशका शोषण उत्पीडन एवं विभेदपूर्ण समस्याहरूप्रति लक्षित रही मधेशीहरूले आफ्ना मागहरू राखी गत साउन महिनादेखि आन्दोलित रहेको सय दिन नाघी सकेको अवस्थासम्म र सिंगो मुलुककै जनजीवन आक्रान्त भई मानवीय संकट विद्यमान रहेको विकराल राष्ट्रिय समस्याप्रति वर्तमान सरकार गम्भीर नभएको पार्टीका जिल्ला सचिव सूर्यनारायण मण्डलद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।
सरकार लचकताका साथ प्रस्तुत भई वार्ता र संवादको संस्कारबाट समस्या समाधान गरी जनजीवन सामान्यीकरणतर्फ आवश्यक पाइला चाल्नुपर्नेमा सोतर्फ उदासीन रही आवश्यकताभन्दा बढी बलको प्रयोग गरी दमनको बाटो अपनाएको भन्दै शान्तिकामी प्रदर्शनकारी उपर राजमार्गमा, राजविराज हटियामा तथा सगरमथा अंचल अस्पतालमा कानूनको माापदण्ड विपरीत गोली चलाई ज्यानै लिने गरी घटाएको विज्ञप्तिमा उल्लेख छ । उक्त घटना लोकतान्त्रिक मूल्य मान्यता तथा संस्कार प्रतिकूल हुँदा भएको निष्पक्ष छानबिन गर्न लगाई घटनाका दोषीहरूलाई हदैसम्मको कडा कारबाही गर्न बैठकले नेपाल सरकारसँग जोडदार माग गरेको छ । घटनाका मृतकहरूलाई शहीद घोषणा गरी आवश्यक व्यवस्था गर्नुका साथै घाइतेहरूको पूर्ण उपचार व्यवस्थाका मिलाउन समेत सचिवालयको बैठकले जोडदार माग गरेको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer