राजविराज, ८ मंसिर । स्वतन्त्र मधेश गठबन्धनका केन्द्रिय नेतासहित चारजनालाई प्रहरीले मङ्गलवार दिउँसो बारा प्रहरीले पक्राउ गरेको छ ।
बारा जिल्लाको गढीमाई धर्मशालाबाट जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा गठबन्धनका केन्द्रीय नेताहरु ब्रजेश सिंह, सद्दाम हुसेन, बिनोद सर्राफ र स्वराज अभियानका दिपु साह रहेका छन् । स्वतन्त्र मधेश गठबन्धनको विषयमा छलफल गरिरहेको अवस्थामा नेताहरुलाई पक्राउ गरिएको एसएन मण्डलले जानकारी दिएका छन् ।