• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

आन्दोलनको सय दिनको पुरा भएकोमा पाँच मिनेट मौनधारण

आन्दोलनको सय दिनको पुरा भएकोमा पाँच मिनेट मौनधारण

राम नारायण पंडित
सिरहा, ७ मंसिर ।
संविधानमा हक अधिकारको माग गर्दै आन्दोलनरत मधेशी मोर्चाले सहीदहरुप्रति सोमवार मौनधारण गरेका छन् ।
संविधानमा आफूहरुको हक अधिकार र पहिचानको समावेश नगरेको भन्दै असन्तुष्ट पक्ष सुरु गरेको मधेस आन्दोलनको आज १०० दिन पुरा भएकोमा तराई मधेशमा सहिदहरुप्रति श्रद्धान्जली अर्पण गर्दै ५ मिनेट मौन धारण गरिएको हो । आन्दोलन सुरु भएको १०० दिन पुरा भएपनि सरकारले आन्दोलनकारीको मांग सम्बोधन र बिगतका सहमति कार्यान्वयनमा ढिलाई गरेको कारण अझै आन्दोलन अनिश्चित हुने संकेत देखिन्छ ।
हालसम्म आन्दोलनमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ५० जना भन्दा बढिको ज्यान गईसकेका छन् भने हजारौ घाईते भएका छन । जसको कारणले लाखौं जनता आक्रान्त बनेका छन । सिरहाको मिर्चैयामा रहेको थाना चौकको साथै, कल्याणपुर, चोहर्बा, गोलबजार, लहान, सिरहा सदरमुकाम माडर, बन्दिपुर लगायत विभिन्न चौकहरुमा मौन धारण कार्यकमको आयोजना गरिएको थियो ।
मिर्चैयामा रामसपाका केन्द्रिय महासचिब राम कुमार मंडलको नेतृत्वमा मौन धारण गरिएको छ । मोर्चाका पुर्व घोषित निर्णय अनुसार हिजो मशाल जुलुस तराई मधेशका जिल्लाहरुमा प्रदर्शन गरिएको संघिय समाजबादी फोरमका सिरहा सदस्य राम दयाल यादबले बताए । यता, मधेसी नागरिक सामज माडरको कालिमन्दिको प्राङ्गणमा वीर सहिद रामेश्वर मन्डलको पुत्र धर्मदेब मण्डलको अध्यक्षतामा सहिदहरुप्रती ५ मिनेट मौन ंधारण गरिएको थियो । मौन धारण कार्यक्रममा मोर्चाका साथै विभिन्न क्षेत्रका व्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो ।