• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नेपाली कांग्रेसद्वारा प्रहरी दमनको भत्र्सना

नेपाली कांग्रेसद्वारा प्रहरी दमनको भत्र्सना

राजविराज, ७ मंसिर । सिमांकनसहितका माग राखी मधेशमा जारी आन्दोलनमा भएको प्रहरी दमनको नेपाली काँग्रेस क्षेत्रीय समिति तथा नगर समितिले प्रेस विज्ञप्तिमार्फत भत्र्सना गरेको छ ।
पार्टीका क्षेत्र नम्वर ३ का सभापति रामकुमार यादव, ४ का सभापति भगवती प्रसाद यादव, क्षेत्र नम्वर ५ का सभापति मुक्तिनाथ चौधरी, क्षेत्र नम्वर ६ का सभापति खगेन्द्र प्रसाद यादव र नगर सभापति शम्भुलाल देवले सोमवार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी दमनको भत्र्सना गरेका हुन् । आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ । गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा स्वास्थ्यकर्मीहरुमाथि गरिएको कुटपीट तथा दुव्र्यवहारको भत्र्सना समेत गरिएको संयुक्त प्रेस विज्ञप्तिमा जनाइएको छ । शान्तिसुरक्षाको अनुभूति हुनुपर्ने भन्दै आन्दोलनका माग सम्बोधन गर्न जोडदार माग गरिएको छ ।