राजविराज, ७ मंसिर । राजविराज स्थित नापी शाखा कार्यालयमा सोमवार साँझ आन्दोलनकारीहरुको एक समूहले आगजनी गरेको छ ।
राजविराज–५ मा रहेको उक्त कार्यालयमा करिब डेड–दुई सयको संख्यामा आएका आन्दोलनकारीहरुले आगजनी गरेका हुन् । आगजनीबाट कार्यालय परिसरमा राखिएको बा १ झ ३४०९ नम्वरको जीप पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगजनीको विषयमा जानकारी पाएलगत्तै पुगेको प्रहरी टोली र वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएका कारण थप क्षतिबाट जोगिएको छ ।
राजविराज स्थित भूमि सुधार कार्यालयमा समेत आगजनी गरिएको छ । आगजनीबाट कार्यालयमा रहेको फर्निचर सामग्री तथा महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएको छ ।
यता राजविराज स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा समेत अज्ञात आन्दोलनकारीहरुको एक समूहले आगनी गरेको छ । आगजनीबाट कार्यालयमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।