Top_Header_Right_Add

सप्तरीमा प्रहरीको गोलीबाट मृत्यू हुनेको संख्या चार पुग्यो

सप्तरीमा प्रहरीको गोलीबाट मृत्यू हुनेको संख्या चार पुग्यो

राजविराज, भारदह, रुपनीसमेत तनावगस्त
सप्तरी, ६ मंसिर । सप्तरी जिल्लाको विभिन्न स्थानहरुमा प्रहरी कार्वाहीमा परी मृत्यू हुनेको संख्या चार पुगेको छ ।
प्रहरीले आइतवार साँझ चलाएको गोली लागेर राजविराज–१ निवासी दिलिप कुमार साहको मृत्यू भएको छ ।
आन्दोलनकारी र प्रहरी बीचको झडप भइरहेको दृष्य आफ्नै घरको दोस्रो तल्लाबाट हेरिरहेको अवस्थामा साहलाई गोली लागेको थियो । निधारमा गोली लागेपछि उनी तत्कालै भुइँमा पछारिएका थिए ।
करिब ४० वर्षिय साहलाई तत्कालै उपचारकालागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा लगिए पनि स्वास्थ्यकर्मीहरुले सेवा ठप्प राखेका कारण उपचारकालागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिने क्रममा बाटामै मृत्यू भएको छ । उनीसँगै खेलिरहेकी १० वर्षिय छोरी मुस्कानलाई समेत हातमा गोलीको छर्रा लागेको छ । उनको राजविराजमै प्राथमिक उपचार भइरहेको छ ।
यसैगरी जिल्ला प्रशासन कार्यालय अगाडि लगाइएको काँडेतारमा प्रवाह गरिएको करेन्ट लागेर आइतवार विहान सप्तरीको जमुनी मधेपुरा–३ पर्साहीका १८ वर्षीय शिवशंकर दासको मृत्यू भएको छ । साइकल चढेर आउँदै गर्दा काँडेतार हटाउने क्रममा उनलाई करेन्ट लागेको थियो । उपचारकालागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लगिए पनि तत्कालै मृत्यू भएको छ । प्रशासन कार्यालयको सुरक्षार्थ विगत सवा तीन महिनादेखि सुरक्षाकर्मीले काँडेतार राखेर सुरक्षा दिँदैआएका थिए ।
यस्तै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गराउने क्रममा शनिवार राती प्रहरीले चलाएको गोली लागेर दुई जनाको घटनास्थलमा मृत्यू भएको छ भने दर्जनौं आन्दोलनकारी घाइते भएका छन् ।
जिल्लाको भारदहमा प्रहरीले चलाएको गोलीबाट डाढा–७ का २२ वर्षीय विरेन्द्र रामको घटनास्थलमै मृत्यू भएको छ । सोही क्रममा करिब दुई दर्जनभन्दा बढी आन्दोलनकारी घाइते भएका छन् । प्रहरीको गोलीबाट गम्भीर घाइते भएका पोर्ताहा–५ का राजेश कुमार यादव, डिमनका छुतहरु साहसहित ८ जनालाई उपचारकालागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
यसैगरी रुपनीमा समेत प्रहरीले गोली चलाउँदा जमुनी मधेपुरा–९ छपकीका २७ वर्षिय नागेश्वर यादवको घटनास्थलमै मृत्यू भएको छ । सोही क्रममा दर्जनौ आन्दोलनकारीहरु घाइते भएका छन् । राति ११ बजेदेखि प्रहरीले रुपनीमा राजमार्ग सुचारु गराउन प्रयासरत रहे पनि हज्जारौंको संख्यामा गाउँगाउँबाट आएका सर्वसाधारण जनताहरुले रुपनी क्षेत्रलाई आफ्नो कब्जामा लिएका छन् । दुवै स्थानमा झडप विहानसम्म जारी रहेको थियो ।
भारदह र रुपनीमा प्रहरीले चलाएको गोली लागेर मृत्यू हुनेको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले पूर्व–पश्चिम राजमार्गमा अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यू आदेश जारी गरेको
छ ।
यता सप्तरी सदरमुकाम राजविराजमा आइतवार दिनभरी प्रहरी र प्रदर्शनकारी बीच दोहोरो जारी रह्यो । प्रदर्शनकारीहरुलाई लक्षित गरी प्रहरीले दिनभरी सयौं राउण्ड अश्रृँग्यास सेल, रबरका गोलीका साथै हवाई फायर गरेका छन् । प्रदर्शनकारीहरुले समेत दिनभरी प्रहरीलाई लक्षित गरी ढुङ्गा गरेका छन् ।
प्रहरीले निरन्तर रुपमा फायर गरेको अश्रँृग्याँसले गर्दा नगरक्षेत्रका वासिन्दाहरुलाई स्वाँस लिन समेत कठिनाई भएको थियो । आँखामा आँसु आएर कतिपय व्यक्ति बेहोस समेत भएका थिए भने खासगरी बच्चाहरुलाई झन पिरोलेको छ । बजारक्षेत्रका कतिपय घरका सानासाना बच्चाहरु बेहोस भएका थिए ।
यता आक्रोशित आन्दोलनकारीहरुले राजविराज–७ स्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा आगजनी गरेका छन् । प्रहरी बस्दैआएको भवन समेत भत्काइएको छ ।
भारदह, रुपनी, बिसनपुर र कमदमाहा आइतवार पनि हज्जारौं प्रदर्शनकारीहरु सडकमा प्रदर्शन जारी राखेका छन् । रातभरी प्रदर्शन तथा धर्ना जारी रहने मोर्चाले जनाएको छ ।
यसैगरी बरमझिया नजिक पूर्व–पश्चिम राजमार्गमा पर्ने पुल समेत आन्दोलनकारीहरुले भत्काएका छन् । राजमार्गमा यातायातका साधनहरु दुई दिनदेखि पूर्ण रुपमा ठप्प भएको छ ।

sah
दिलिप कुमार साह
yadav
नागेश्वर यादव
ram
विरेन्द्र राम
das
शिवशंकर दास

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer