• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सिंचाई मन्त्री यादवको नौलो कार्यक्रम ‘हेलो सिचाईं मन्त्री’

सिंचाई मन्त्री यादवको नौलो कार्यक्रम ‘हेलो सिचाईं मन्त्री’

राजविराज, ४ मंसिर । जनतासँग प्रत्यक्ष सम्वाद स्थापित गर्न सिंचाई मन्त्रालयले ‘हेलो सिँचाई मन्त्री’ नामक जनसम्वाद कार्यक्रम सञ्चालन गरेका छन् ।
मन्न्त्रालयको कार्यभार सम्हालेको १ महिनापछि मन्त्री उमेशकुमार यादवको प्रत्यक्ष पहलमा मन्त्रालयले ‘हेलो सिँचाईं मन्त्री’ नामक जनसम्वाद कार्यक्रम सुरु गरेको हो । नेपालका मन्त्रालयहरुको इतिहासमै पहिलो पटक यस्तो कार्यक्रम सञ्चालन गरेको छ ।
सिंचाईंमन्त्री यादवले कात्तिक शुक्रबार दिँउसो १ बजे टेलिफोनमा जनतासँग प्रत्यक्ष कुरा गरी जनसम्वाद कार्यक्रमको उद्घाटन गरेका छन् । जनसम्वादका लागि सिंहदरबारस्थित मन्त्रालयको टेलिफोन नम्बर ०१–४२००२१५ छुट्टाइएको छ ।
मन्त्रालयले आफ्नो निकाय, मातहतका विभाग, आयोजना र कार्यालयको सरोकारसँग जोडिएका विषयवस्तुका सम्बन्धमा आफ्ना सल्लाह सुझाव र गुनासा राख्न जनसमुदायलाई आग्रह गरेको छ ।
सार्वजनिक विदाबाहेकका दिन दिउँसो १ बजेदेखि २ बजेसम्म दैनिक १ घण्टा जनताका सल्लाह, सुझाव र गुनासा प्रत्यक्ष रुपमा सुनिने तयारी मन्त्रालयले गरेको छ । महिनाको दुई दिन मन्त्री आफैंले जनतासँग प्रत्यक्ष सम्वाद गर्नेछन् भने अन्य दिन मन्त्रालयको निजी सचिवालयले जनताका सल्लाह, सुझाव र गुनासा सुनेर मन्त्रीसमक्ष पु¥याउने छन् ।
मन्त्रालयले मन्त्रीसँग प्रत्यक्ष सम्वाद स्थापित गर्दा जनतालाई आर्थिक व्ययभार नपरोस् भन्नेतर्फ समेत ध्यान दिँदै निकट भविष्यमा नै निशुल्क कुरा गर्न सकिने टोल–फ्री नम्बर सञ्चालन गर्ने तयारी समेत गरिरहेको छ ।
मन्त्रालय, मातहतका निकाय, विभाग, आयोजना र कार्यालयको कामकारवाहीमाथि जनताको प्रत्यक्ष निगरानी बढाउन र पारदर्शिताका साथ सिंचाइ तथा नदी नियन्त्रणसम्बन्धी कामकारवाही, आयोजना र परियोजना समयमै सम्पन्न गर्ने उद्देश्यले ‘हेलो सिँचाईं मन्त्री’ नामक जनसम्वाद कार्यक्रम सुरु गरिएको मन्त्री यादवले बताए ।
मन्त्री यादवले जनसम्वाद कार्यक्रममार्फत् आएका सल्लाह, सुझाव र गुनासाअनुसार मन्त्रालय तत्काल अगाडि बढ्ने र आफ्ना कामकार्वाही सच्चाउनुका साथै ढिलासुस्ती र अपारदर्शिता हटाउने प्रतिबद्धता व्यक्त गरे ।