Top_Header_Right_Add

मधेश आन्दोलन सडक हुँदै संसदसम्म

मधेश आन्दोलन सडक हुँदै संसदसम्म

काठमाण्डौ, २२ कार्तिक । सशक्त सडक आन्दोलन गर्दैआएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्वद्ध सांसदहरुले आइतवारदेखि संसदमा समेत आन्दोलन थालेका छन् ।
मोर्चासँग आवद्ध चार वटा दलसहित अन्य आठ वटा दलका सासद्हरुले व्यवस्थापिका संसदमा सहभागिता जनाउँदै आन्दोलन थालेका हुन् । संघीय समाजवादी फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाली जनता दल लगायतका पार्टीका सांसद्हरुले बैठक प्रारम्भ हुनासाथ नाराबाजी शुरु गरेका थिए । सभासद्हरुको चर्को नाराबाजीका कारण व्यवस्थापिका संसद्को आइतवारको बैठक अवरुद्ध भएको छ ।
आठ दलका सांसद्हरुले बेलमा पुगेर नाराबाजी गर्नु अघि संघीय समाजवादी फोरम नेपालका सांसद् अशोक राईले आन्दोलनकारी दलहरुले उठाएका माग पूरा गर्न सरकार गम्भीर नबनेको भन्दै आक्रोश व्यक्त गरेका थिए । आन्दोलनकारीसँग वार्ता गरी संविधान संशोधन गरेर माग सम्बोधन गर्नकालागि गम्भीर हुनुको साटो सरकारका मन्त्रीहरुले गैरजिम्मेवार अभिव्यक्ति दिएर स्थितिलाई भड्काउन उद्धत रहेको समेत उनले तर्क प्रस्तुत गरे । सरकार वार्ता गरेर समस्या समाधान गर्न गम्भीर नदेखिएको भन्दै संसदको बैठक चल्न नदिने बताए ।
फोरम नेपालका सांसद् राईले आफ्ना कुरा राखिसकेपछि ८ दलका सांसद्हरुले समेत बेलमा पुगेर नाराबाजी गरेका थिए । पटक पटकको आग्रह आठ दलका सांसदहरुले बेवास्ता गरेपछि बाध्य भएर सभामुख ओनसरी घर्तीले संसद्को बैठक सोमबार अपरान्ह ३ बजेसम्मका लागि स्थगनको घोषणा गरेकी छिन् । तस्विरः द हिमालयन टाइम्स्

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer