• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

चीनको भूमिका हस्तक्षेपकारीः वरिष्ठ राजनीतिज्ञ मण्डल

चीनको भूमिका हस्तक्षेपकारीः वरिष्ठ राजनीतिज्ञ मण्डल

राजविराज, १३ कार्तिक । वरिष्ठ राजनीतिकर्मी खुशीलाल मण्डलले वर्तमान जारी मधेश आन्दोलनलाई सम्बोधन गर्न कुशल मित्रवत भूमिका निर्वाह गर्नुपर्नेमा चीनले हस्तक्षेपकारी निती अख्तियार गरेको प्रष्ट्याएका छन् ।
राजविराज स्थित अनुप दास धर्मशालामा शुक्रवार आयोजित बुद्धिजिवीहरुसँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो कुरा बताएका छन् । नेता मण्डलले भारतलाई गाली गरेर ठूलो राष्ट्रवादी कहलाउने गलत प्रवृतिले कसैलाई पनि हित नगर्ने बताए । नेपाल र भारत बीच सदियौंदेखि सुमधुर सम्बन्ध रहँदैआएको प्रष्ट्याउँदै उनले भने ‘भारतसँग दुरी बढाउनु देशका लागि कदापि हितकर हुँदैन बरु सम्बन्ध सुदृढ गर्नका लागि तत्काल पहल थाल्नु आवश्यक छ ।
विगतमा समेत मधेशसमा चीनले सम्बन्ध विस्तार गर्न चाहेको भन्दै वर्तमान अवस्थामा थप सक्रिय भएको उनले बताए । नेपालका लागि चीनले भारतसँग कुरा गर्नुभन्दा नेपालबाटै तत्कालै कुटनीतिक पहल थाल्नुपर्नेमा नेता मण्डलले जोड दिए ।
कार्यक्रममा प्राध्यापक अमरकान्त झा, नापी विभागका पूर्व महानिर्देशक रामनरेश सिंह, उच्च माध्यमिक शिक्षा परिषद्का पूर्व उपाध्यक्ष प्रा.डा हेमकुमार मिश्र, पूर्व प्राचार्यत्रय नथुनी दास, मीना ठाकुर, भवेन्द्र प्रसाद यादव, वरिष्ठ पत्रकारद्वय शिवहरि प्रसाद भट्टराई, अनिल कुमार अनल, प्रा. गजेन्द्र कुमार सिंह यादव, पत्रकारद्वय जितेन्द्र खड्गा, जितेन्द्र कुमार झा ‘जितु’, ई. सुगम्बर यादव, ई. प्रयाग यादव, किसान नेता विशेश्वर यादव, शिक्षिका निलम मिश्रा लगायतले आन्दोलनलाई सशक्त बनाउनुपर्नेमा जोड दिए । सोही कार्यक्रममा आन्दोलनलाई सशक्त बनाई निर्णायक बनाउनका लागि सुझाव तयारी समिति गठन गरेको छ । समितिमा प्रा. अमरकान्त झा, प्रा.डा. हेमकुमार मिश्र, अनिलकुमार अनल, जितेन्द्र खड्गा, ई. सुगम्बर यादव, भवेन्द्र यादव र  मीना ठाकुर रहेकी छिन् ।