• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

काठमाण्डौ, ११ कार्तिक । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिको नेकपा एमालेकी उपाध्यक्ष विद्या देवी भण्डारी निर्वाचित भएकी छन् ।
व्यवस्थापिका संसदमा बुधबार भएको मतदान प्रक्रियाबाट उनी राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । सत्तारुढ गठवन्धनकी उम्मेदवार भण्डारीले ३ सय २७ मत प्राप्त गरी विजयी भएकी छिन् । उनलाई नेकपा एमाले, एमाओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेशी जन अधिकार फोरम लोकतान्त्रिकसहितका दलहरुले समर्थन गरेका छन् ।
नेपाली कांग्रेसबाट उम्मेदवार दिएका नेता कुलबहादुर गुरुङले २ सय १४ मत पाएर चित्त बुझाएका छन् । गुरुङलाई कांग्रेस बाहेक केही साना दलले मात्र समर्थन गरेका छन् । राष्ट्रपति निर्वाचनमा कुल ५ सय ९७ सांसद मध्ये ५४९ ले मतदान गरेका छन् । खसेको मतमध्ये ८ मत बदर भएको जनाइएको छ ।
नेपालको राजनीतिक इतिहासमा महिला उच्च ओहदामा पुगेको यो पहिलो पटक हो । यसअघि उप–प्रधानमन्त्रीसम्म मात्र महिला पुगेका थिए । ‘जनताको नौलो बहुदलीय जनवाद’ का प्रवर्तक स्व. जननेता मदन भण्डारीकी पत्नी हुन् नव निर्वाचित राष्ट्रपति विद्या देवी भण्डारी । कम्युनिष्ट पार्टीबाटै राष्ट्रपति, प्रधानमन्त्री र सभामुख समेत चुनिनुलाई कम्युनिष्ट बुद्धिजिवीहरु सफलताको रुपमा लिएका छन् ।

यस्तो छ विद्या भण्डारीको संक्षिप्त जीवनी

CPN-UML Vice-Chairperson Bidya Bhandari. Photo: THT Online file
CPN-UML Vice-Chairperson Bidya Bhandari. Photo: THT Online file

नाम : विद्यादेवी भण्डारी

जन्म मिति : सोमबार ०५ असार २०१८ तदनुसार-: Monday, 19June 1961

जन्मस्थान : मानेभन्ज्याङ -२, भोजपुर, नेपाल ।

पारिवारिक अवस्था :
हजुरबा : स्व. तिलकबहादुर पाण्डे ।
हजुरआमा : स्व. भीमकुमारी पाण्डे ।
माता : मिथिला पाण्डे ।
पिता : स्व. रामबहादुर पाण्डे ।
दाजुभाइ र दिदीबहिनीहरु
तेजेन्द्र पाण्डे
टेकेन्द्र पाण्डे
डेगेन्द्र पाण्डे
बहिनी : सुशीला पाण्डे ।
विबाह : २४ साउन २०३९ सालमा ।
१. श्रीमान : स्व. मदनकुमार भण्डारी ।
२. छोरीहरु : उषाकिरण भण्डारी तथा ज्वाइँ उमेश थापा ।
डा. निशाकुसुम भण्डारी ।
३. दाजुभाइ तथा दिदी/बहिनीहरु क्रमशः
मनोज भण्डारी तथा कमला भण्डारी । मोहन भण्डारी तथा लक्ष्मी भण्डारी । प्रेम भण्डारी तथा शारदा भण्डारी । डा. कैलाश भण्डारी तथा कल्पना भण्डारी ।
बहिनीहरु : शारदा निरौला, इन्दु बराल, शान्ता पोखरेल, राधा निरौला, स्व. गीता लामिछाने ।
निवास : नयाँ बानेश्वर– १०, काठमाडौं, नेपाल ।
१. नागरिकता नम्बर : ३७६८/११८४
२. राहदानी नम्बर : ४२२९३१० ।
शिक्षा :
बाल्यकालीन शिक्षा : बेहेरेश्वर प्राथमिक विद्यालय, भोजपुर ।
माध्यमिक शिक्षा : विद्योदय व्यावसायिक सेकेन्डरी स्कुल ।
उच्चशिक्षा :
भोजपुर क्याम्पस, भोजपुरबाट आई. ए. उत्तीर्ण ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा बि.ए. अध्ययन
भाषा : नेपाली, हिन्दी र अंग्रेजी ।
भ्रमण : स्वदेश तथा
विदेशमा: भारत, चीन, पाकिस्तान, बंगलादेश, श्रीलंका, ब्राजिल, अमेरिका, क्यानाडा, इटाली, थाइल्यान्ड ।
राजनीतिक दल :
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)
वर्तमान जिम्मेवारी :
हाल प्रतिनिधि सभा सदस्य, (संविधानसभा सदस्यका रूपमा नेतृत्वदायी भूमिका)
उपाध्यक्ष, नेकपा (एमाले) (२०७१ असार १९–२५ मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट)
अध्यक्ष, अखिल नेपाल महिला संघ, नेकपा (एमाले) ।
अध्यक्ष, मदन भण्डारी फाउन्डेसन ।
उपाध्यक्ष, नेपाल अफ्रो एसियाली जनएकता संघ (आप्सो) ।
राजनीतिक यात्रा :
२०३५ मा भोजपुर क्याम्पसबाट तत्ककलीन नेकपा (माले) सम्बद्ध युवा लिगबाट संगठित राजनीतिक यात्रा आरम्भ ।
२०३७ मा काठमाडौंमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (पाँचौँ) को राष्ट्रिय सम्मेलन प्रतिनिधि ।
२०३७ मा तत्कालीन नेकपा (माले) को पार्टी सदस्यता प्राप्त ।
२०३६ देखि २०४४ सम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पूर्वाञ्चल सदस्य ।
२०३९—०४० सालमा महेन्द्र मोरड क्याम्पसको स्ववियु कोषाध्यक्षमा निर्वाचित ।
२०४६ मा कीर्तिपुरमा भएको अखिल नेपाल महिला संघको पहिलो सम्मेलनमा मोरङबाट प्रतिनिधि ।
२०५० देखि २०५४ सम्म नेपाल ट्रेड युनियन महासंघ जिफन्टको महिला विभाग प्रमुख ।
२०५४ मा नेपालगञ्जमा भएको नेकपा (एमाले) को छैठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित ।
२०५५ पुसमा विराटनगरमा भएको अखिल नेपाल महिला संघको चौथो अधिवेशनबाट अध्यक्षमा निर्वाचित । त्यसपछि क्रमशः ०६२ मंसीर काठमाडौंमा भएको पाँचौँ अधिवेशन र ०६९ वैशाख पोखरामा भएको छैठौं अधिवेशनबाट समेत अध्यक्षमा निर्वाचित भई हालसम्म ।
२०५९ मा नेकपा (एमाले) को सातौं महाधिवेशन जनकपुरबाट पुनः केन्द्रीय कमिटी सदस्यमा निर्वाचित ।
२०६४ सालमा बुटवलमा भएको नेकपा (एमाले) को आठौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित ।
२०७१ सालमा काठमाडौंमा भएको नेकपा (एमाले) को नवौं महाधिवेशनबाट पुनः उपाध्यक्षमा निर्वाचित ।
२०६०/०६२ सालमा दुईपटक अन्तरपार्टी महिला संयुक्त संघर्ष समिति (जोइन्ट वुमन स्ट्रगल कमिटी) को संयोजकको जिम्मेवारी ।
२०६२ पुसबाट हालसम्म नेपाल अफ्रो एसियाली जनएकता संगठनको (आप्सो) उपाध्यक्षमा निर्वाचित ।
राजकीय जिम्मेवारी :
– २०५० सालको उपनिर्वाचनमा र २०५१ सालको मध्यावधि निर्वाचनमा समेत काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ।
– २०५४ सालमा नेपाल सरकारको जनसंख्या तथा वातावरण मन्त्रीका रुपमा जिम्मेवारी बहन ।
– २०५६ मा काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ।
– २०६७ बाट २०६९ सम्म नेपाल सरकारको रक्षा मन्त्रीका रुपमा कार्य सम्पादन ।

जेल जीवन :
२०६१/०६२ को जनआन्दोलनताका प्रहरीद्वारा ‘हाउस एरेस्ट’ तथा हिरासत ।
रुचि :
— महिला, उत्पीडित जनता तथा सीमान्तीकृत समुदायको हितमा कार्यरत रहने ।
— समाजको आमूल परिवर्तनको अभियानमा लागिरहने ।
— गीत, संगीत तथा साहित्यिक लेखनमा विशेष ।
सम्पर्क सूत्र :
निवास :
मध्यबानेश्वर- १०, काठमाडौं ।
फोन : ०१- ४४८४३२२
इमेल : bidyadevi@icloud.com

श्रोतः दैनिक नेपाल डटकम