• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सहयोगी हातहरु सम्मानित, राज्यले घुँडा नटेकेसम्म आन्दोलनः महासचिव सुमन

सहयोगी हातहरु सम्मानित, राज्यले घुँडा नटेकेसम्म आन्दोलनः महासचिव सुमन
samman-1
सम्मान ग्रहण गर्दै औषधी व्यवसायी नित्यानन्द माझी ।
samman-2
सम्मान ग्रहण गर्दै गैर आवासीय मधेशी सत्येन्द्र साह ।

राजविराज, ८ कार्तिक । राज्यपक्ष घुँडा नटेकेसम्म जारी आन्दोलनलाई थप सशक्त बनाएर बढ्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
मधेशी पत्रकार समाज सप्तरीद्वारा राजविराजमा आइतवार आयोजित जारी आन्दोलन र अबको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले यस्तो सुझाव दिएका हुन् । सद्भावना पार्टीका महासचिव मनिसकुमार सुमनले आन्दोलनलाई थप सशक् sammanत बनाएर राज्यपक्षलाई घुँडा टेकाउने बताएका छन् । आफूहरुले आन्दोलनको आयोजक मात्र भएको भन्दै असली कार्यान्वयनकर्ता मधेशी जनता नै भएको प्रष्ट्याउँदै उनले भने ‘शान्तिपूर्ण आन्दोलनका कारण राज्यपक्ष लाचार भइसकेको छ, त्यसैले मात्र केही दिन आन्दोलनलाई थप सशक्त बनाएर निरन्तरता दिए राज्यपक्षले घुँडा टेक्नेछ र मधेशी जनताको जीत सुनिश्चित छ ।’
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साहले लगभग सवा दुई महिना भइसक्दा पनि राज्यपक्ष गम्भीर नबनेकोमा आक्रोश व्यक्त शान्तिपूर्ण आन्दोलनबाटै शासकवर्गलाई झुक्न बाध्य पार्ने बताए । आन्दोलन थप सशक्त बनाउन नाकाहरुमा निगरानी बढाउनुपर्नेमा उनले जोड दिए ।
सद्भावना पार्टीका केन्द्रीय दिपेन्द्र चौधरीले काठमाण्डौलाई लक्षित गरी मालसामान ढुवानीलाई पूर्ण ठप्प बनाउनुपर्नेमा जोड दिए । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य अशोक कुमार यादवले जारी शान्तिपूर्ण मधेश आन्दोलनले विश्वमै चर्चा पाएको भन्दै यो आन्दोलनलाई कुनै पनि शक्तिले दबाउन नसक्ने बताए ।
वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराईले जारी आन्दोलन मधेशमा बस्ने सबै वर्ग तथा समुदायको आन्दोलन भएको भन्दै आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिए । मधेश आन्दोलनले सफलता पाए त्यसको लाभ मधेशमा बस्ने पहाडी समुदायले पाउने भएको भन्दै राजविराजमा समेत पहाडी समुदायले जुलुस निकाल्ने तयारी गरिरहेको उनले जानकारी दिए ।
पत्रकार एवम् मधेशी बुद्धिजिवी सन्तोष कुमार चौधरीले जारी आन्दोलनलाई काठमाण्डौ केन्द्रित गरिए चाँडो सुनुवाई हुने तर्क प्रस्तुत गरे । सवा दुई महिनासम्म आन्दोलन जारी रहँदा पनि राज्यपक्षले वास्ता नगरेको भन्दै त्यस विषयमा विष्लेशन एवम् समिक्षा गरेर थप सशक्त एवम् प्रभावकारी हुने खालका कार्यक्रमहरु गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा टुडे खबर डटकम अनलाइनका प्रधान सम्पादक अनन्त अनुरागले आन्दोलनलाई थप सशक्त बनाउन सम्पूर्ण मधेशवादी पार्टीका नेताहरु बीच कार्यगत एकता हुनुपर्नेमा जोड दिए । जारी आन्दोलन उचाईमा पुगिरहेको भन्दै सम्भावित चुनौतीहरुको विषयमा समेत व्यापक विचार विमर्श गरी पूर्व तयारीहरु थाल्नुपर्ने उनले सुझाव दिए । मधेशी मोर्चा सप्तरीका संयोजक रामप्रित यादवले जारी आन्दोलनमा स्थानीय मिडियाहरुले महत्वपूर्ण भूमिका निभाए पनि राष्ट्रिय सञ्चारमाध्यमहरुले आन्दोलनका समाचारहरुलाई प्राथमिकता नदिएको बताए ।
कार्यक्रममा राजनीतिकर्मी नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धीरेन्द्र प्रसाद साह, राष्ट्रिय मिडिया पत्रकार सञ्जालका संयोजक जितेन्द्र खड्गा, राजनीतिकर्मी सत्यनारायण यादव, तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, गैर आवासीय मधेशी सत्येन्द्र साहलगायतले बिचार व्यक्त गरेका छन् । समाजका सदस्य शैलेश कुमार कर्णको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सल्लाहकार श्रवणकुमार देवले गरेका थिए ।
सहयोगी हातहरु सम्मानित
समाजद्वारा आयोजित कार्यक्रममा मधेश आन्दोलनका सहीद राजिव कुमार राउतका परिवारजनलाई सहयोग पु¥याउने दुई जनालाई सम्मान गरिएको छ ।
यसरी सम्मानित हुनेमा सप्तरीको शम्भुनाथ नगरपालिका कठौना निवासी हाल अमेरिकामा अस्थायी बसोवास गर्दैआएका सत्येन्द्र साह र सप्तरीकै युवा औषधीव्यवसायी नित्यानन्द माझी रहेका छन् । भारदहका सहीद राउतका परिवारजनलाई साहले नगद एक लाख रुपैयाँ उपलब्ध गराएका थिए भने माझी मेडिकोका प्रोप्राइटर नित्यानन्दले नगद २५ हजार रुपैयाँ उपलब्ध गराएका थिए । दुवैजनालाई प्रमाण–पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।