Top_Header_Right_Add

वार्ता निष्कर्ष विहिन, अर्को वार्ता कार्तिक १२ गते

वार्ता निष्कर्ष विहिन, अर्को वार्ता कार्तिक १२ गते

काठमाडौं, ८ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारी वार्ता टोली बीच आइतवारको वार्ता निष्कर्ष विहिन बन्न पुगेको छ ।
वार्तामा सिमाङ्कनको विषयमा सरकारी वार्ता टोलीको तर्फबाट ठोस अवधारणा नआएपछि वार्ता निष्कर्ष विहिन बन्न पुगेको हो । लामो छलफलका क्रममा मधेश आन्दोलनका क्रममा विभिन्न व्यक्तिहरुमाथि लगाइएको मुद्दा फिर्ता लिन प्रक्रिया अगाडि बढाउनका लागि कानूनमन्त्री अग्नी खरेललाई जिम्मा दिईएको सदभावना पार्टीका महासचिव मनिस कुमार सुमनले जानकारी दिएका छन् ।
मोर्चाको तर्फबाट बैठकमा सहभागीहरुले सरकारी वार्ता टोलीलाई सिमाङ्कनको विषयमा धारणा प्रष्ट गर्न आग्रह गरेपछि उनीहरुले ठोस धारणा ल्याउन सकेन । वार्तामा सरकारले कुनै ठोस एजेण्डा नल्याएपछि बैठक निष्कर्ष विहिन बन्न पुगेको उनले जानकारी दिए । उनका अनुसार सिमाङ्कनको विषयमा अझैं छलफल गर्न बाँकी रहेकोले कार्तिक १२ गतेको वार्तामा पेश गरिने प्रतिवद्धता सरकारी वार्ता टोलीले व्यक्त गरेका छन् ।
सरकारी वार्ता टोलीले सार्थक वार्ता गर्नुभन्दा पनि समय टार्ने काम मात्र गर्दैआएकोले विहीवारको बैठकमा पनि सिमाङ्कनबारे स्पष्ट धारणा नल्याए आफूहरु सोच्न बाध्य हुने महासचिव सुमनले जानकारी दिए ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer